त्रिपाठीद्वारा उखु खरिदको समर्थन मूल्य तोक्न माग - Naya Patrika
eNaya Patrika
  • ePaper

त्रिपाठीद्वारा उखु खरिदको समर्थन मूल्य तोक्न माग

प्रतिनिधिसभामा परासी–१ बाट निर्वाचित सांसद हृदयश त्रिपाठीले सरकारसंग उखु खरिदको समर्थन मूल्य तोक्न माग गरेका छन् ।

मधेसका नेता त्रिपाठीले बुधबार एक वक्तव्य जारी गर्दै उखु उत्पादक किसानले चीनी मिललाई उखु बेच्ने समय भइसक्दासम्म सरकारले समर्थन मूल्य नतोक्नु आश्चर्यजनक भएको बताएका छन् ।
‘उखु उत्पादक किसानले चीनी मिललाई उखु बेच्ने समय भइसक्दासम्म पनि सरकारले खरिदको समर्थन मुल्य नतोक्नु आश्चर्यजनक छ ।’

त्रिपाठीले भनेका छन ‘उखु उत्पादनको लागत ४० प्रतिशतले बढेको अवस्थामा चीनी मिल मालिकको प्रभावमा सरकाले मूल्य नतोक्नु अस्वभाविक हो, जसबाट किसान आहत भएका छन् । तसर्थ सरकारले अभिलम्व उखुको समर्थन मूल्य तोकोस भन्ने माग गर्दछु ।’

त्रिपाठीले अन्य विषयमा निर्णय लिन हतार गर्ने कृषिप्रधान मुलुकको रुपमा परिचित नेपालको सरकारले किसानको सरोकारको विषयमा वेवास्ता गर्नु कदापी उपयुक्त हुन नसक्ने बताएका छन् ।
परासी नगदे वालीको रुपमा अत्याधिक उखु खेती गरिने जिल्ला हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु