चोरीका ७ मोटरसाइकलसहित १८ वर्षीय युवक पक्राउ ! - Naya Patrika
eNaya Patrika
  • ePaper

चोरीका ७ मोटरसाइकलसहित १८ वर्षीय युवक पक्राउ !

सर्लाही प्रहरीले चोरी गरिएका ७ वटा मोटरसाइकल सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–९ बैरिया टोलका १८ वर्षीय मोहम्मद मजिद छन् ।

उनलाई बुधवार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । सदरमुकाम मलंगवा सहित जिल्लाको विभिन्न स्थानबाट चोरी गरिएको मोटरसाइकल सहित मजिदलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका युवकलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपगरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । डिएसपी थापाका अनुसार बा ८४ प ७८४६, ना २८ प ७२७८, लु २ प ९८६२, बी आर ३० जे ४९६४, बीआर ३० के ९७४५, बीआर ०६ एइ १५०८ र कालो रंगको एक सय ५० सिसीको एउटा अनटेष्ट नम्वरको पल्सर मोटरसाइकल बरामद गरिएको हो ।

बरामद गरिएका मोटरसाईकल सवारी धनी कागजपत्रसहित सवारी दावी गर्नआए जिम्मा लगाइने र सवारी धनी नआएको खण्डमा भन्सार कार्यालयमा बुझाइने प्रहरीले बताएको छ । पछिल्लो समय सदरमुकाम मलंगवामा मोटरसाइकल चोरको बिगबिगी बढेको स्थानीय वासिन्दाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु