राजधानीको माग गर्दै अनिश्चितकालीन डोटी बन्द - Naya Patrika
eNaya Patrika
  • ePaper

राजधानीको माग गर्दै अनिश्चितकालीन डोटी बन्द

७ नम्बर प्रदेशको राजधानी डोटी बनाउनु पर्ने माग गर्दैै डोटीमा अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । प्रदेश ७ को अस्थायी मुकाम धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीवासीले बन्दलगायत संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

  आज बिहान डोटीमा दिपायलमा बसेको संघर्ष समितिको बैठकले प्रदेश नं. ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो । बन्द आह्वान गरेसँगै दिपायल, पिपल्लालगायतका मुख्य बजारहरु बिहानैदेखि बन्द छन् । सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरु समेत बन्दले प्रभावित भएका छन् ।

 

एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका केही सवारी साधन चल्न दिने समितिले निर्णय गरेको छ । । संघर्ष समितिका सदस्य दीपकबहादुर खड्काले पहाडको अधिकार खोस्ने गरी प्रदेश ७ को अस्थायी मुकाम तोक्न लागिएकाले संघर्षमा उत्रिएको बताए ।

उनले भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दिपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क गर्दै माग पूरा नभएसम्म अनिश्चितकालीन डोटी बन्द गरिने जानकारी दिए । डोटीमा ग्रामिणभागमा पनि बिरोध प्रर्दशन सुरु भएको छ ।

कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? सरकारको प्रस्तावित खाका यस्ताे छ 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु