लमजुङको मस्र्याङ्दीमा कृषि र पशु विकासतर्फ ९१ लाख बजेट - Naya Patrika
eNaya Patrika
  • ePaper

लमजुङको मस्र्याङ्दीमा कृषि र पशु विकासतर्फ ९१ लाख बजेट

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कृषि र पशुविकासतर्फ ९१ लाख बजेट छुट्टाइएको छ । स्थानीय तहमा कृषि र पशुसम्बन्धी बजेट हराइरहेका बेला मस्र्याङ्दी गाउँपालिकाले कृषि र पशु विकासतर्फका योजनालाई प्राथामिकता दिएको छ ।

चालु आर्थिक वर्ष २०७४-०७५ का लागि पशुतर्फ ५२ लाख पाँचहजार र कृषितर्फ ३९ लाख ६९ हजार रुपियाँ बजेटसहितको कार्यक्रम बनाईएको हो । पशु सेवा प्रसारमा १७ लाख ८४ हजार, पशु विकास सेवा कार्यक्रममा २६ लाख ५८ हजार, पशु आहारा सेवा कार्यक्रममा ७ लाख १८ हजार र पशु क्वारेन्टाइन तथा नियमन कार्यक्रममा ४५ हजार बजेट विनियोजन भएको मस्र्याङ्दी गाउँपालिका पशु शाखाका प्रमुख पशु चिकित्सक नारायण कुसुमले जानकारी दिए ।

कार्यक्रमअन्र्तगत गोठखोर सुधार, सचेतनामुलक कार्यक्रम, मासु तथा दुधको आत्मनिर्भर कार्यक्रम, घाँस प्रवद्र्धन, भेडीगोठ तथा भैंसीगोठ सुधार, बंगुर तथा कुखुरा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।

यस्तै अण्डामा आत्मनिर्भर कार्यक्रम, घुम्ती भेडा तथा भैंसीगोठ सुधार कार्यक्रम, स्थानीय कुखुर प्रवद्र्धन कार्यक्रम, हिउँदे घाँस, चरन खर्कमा घाँस प्रवद्र्धन कार्यक्रम, पशु स्वास्थ्य तथा भेक्सिनेसनका कार्यक्रमहरु गरिने पशु चिकित्सक नारायण कुसुमले जानकारी दिए । आधुनिक तथा ब्यवसायीक पशुपालन, बंगुरपालन, कुखुरापालन, घाँसखेती जस्ता क्रियाकलापमा अनुदानका कार्यक्रम राखिएको कुसुमले जानकारी दिए ।

कृषि विकासतर्फ ३९ लाख ६९ हजार बजेट
यसैगरी कृषि विकासतर्फ ३९ लाख ६९ हजार रुपियाँ बजेटको कार्यक्रम बनाइएको छ । मस्र्याङ्दी गाउँपालिका कृषि शाखाका प्रमुख प्राविधिक सहायक बुद्धीबहहादुर बानियाका अनुसार साना सिञ्चाईतर्फ २ लाख २३ हजार, मसलाबाली कार्यक्रममा ४ लाख ८ हजार, माटो परिक्षण सुधारतर्फ ९४ हजार, मत्स्य विकास कार्यक्रमतर्फ ५ लाख १२ हजार रुपियाँ विनियोजन गरिएको छ ।

यस्तै कृषि प्रसार कार्यक्रमतर्फ ५ लाख ९० हजार, व्यवसायिक तरकारी खेतीतर्फ ५ लाख ५६ हजार, बाली विकासतर्फ १ लाख ८७ हजार, व्यवसायिक किट विकास कार्यक्रमतर्फ ५ लाख ५ हजार, फलफुल विकास कार्यक्रममा २ लाख ७२ हजार, प्राङ्गरिक कृषि प्रवद्र्धन कार्यक्रममा २ लाख ३४ हजार, बालि संरक्षण कार्यक्रममा १ लाख ७७ हजार र कृषि प्रसार टेवा कार्यक्रममा २ लाख ९ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।

कृषि र पशु विकासतर्फ विनियोजन गरिएको बजेट सदुपयोग गर्न वडा स्तरमा र गाउँपालिका स्तरिय व्यवसायिक कृषक सञ्जाल गठन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । व्यवसायिक कृषक नारायण तामाङको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका कृषक सञ्जाल गठन गरिएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए । गाउँपालिकामा कृािष र पशुपालनका पकट क्षेत्र निर्धारण गर्नेगरि कार्यक्रम सञ्चालन गरिएको प्रमुख कार्यकारी अधिकृत बद्रीनाथ सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया