नेपालभन्दा भारतमा निकै धेरै भोकमरी - Naya Patrika
eNaya Patrika
  • ePaper

नेपालभन्दा भारतमा निकै धेरै भोकमरी

सबै दक्षिण एसियाली मुलुक नेपालको तुलनामा बढी भोकमरीग्रस्त छन् । विश्व भोकमरी सूचकांक (जिएचआई)का अनुसार भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान तथा अफगानिस्तानमा नेपालमा भन्दा बढी भोकमरी छ । सन् २०१७ मा सो सूचकांकमा नेपाल ७२औँ स्थानमा छ । भारत नेपालभन्दा २८ स्थान तल १००औँ स्थानमा छ ।

श्रीलंका ८४औँ र बंगलादेश ८८औँ स्थानमा छन् । दक्षिण एसियामा सबैभन्दा बढी भोकमरी भएका अफगानिस्तान र पाकिस्तान १ सय ७औँ र १ सय ६औँ स्थानमा छन् । रमाइलो पक्ष के छ भने, भारत कम्युनिस्ट मुलुक उत्तर कोरियाभन्दा पनि भोकमरीग्रस्त मुलुकका रूपमा रहेको छ । उत्तर कोरियाको स्थान ९३औँ छ ।

४ वटा पक्षमा आधारित भएर जिएचआई निकाल्ने गरिन्छ । कुपोषण, बच्चाको दुब्लोपन, पुड्कोपन र बालमृत्युदरका आधारमा भोकमरी सूचकांक निकालिन्छ । ग्लोबल हंगर इन्डेक्स अन्तर्राष्ट्रिय खाद्यनीति अनुसन्धान इन्स्टिच्युट, कन्सर्न वल्र्डवाइड र वेल्थहंगरहिल्फको संयुक्त प्रकाशन हो ।

तपाईको प्रतिक्रिया