२५ हजार घुससहित विद्युत प्राधिकरणका प्रमुख पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

२५ हजार घुससहित विद्युत प्राधिकरणका प्रमुख पक्राउ

अख्तियार अनुसन्धान आयोगको टोलीले सोमबार दिउँसो विद्युत प्राधिकरणका प्रमुखलाई नगद २५ हजार घुससहित रङगेहात पक्राउ गरेको छ ।

काभ्रेको पाँचखालमा रहेको नेपाल विद्युत प्राधिकरण उपशाखामा कार्यरत कार्यालय प्रमुख एंव सुपरभाइजर दिनेश थापालाई आयोगका अनुसन्धान अधिकृत हृदय थापाको नेतृत्वमा आएको टोलीले पक्राउ गरेको हो । सेवाग्राहिसँग नगद २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेन्द्र प्रसाद मरासिनीले बताए ।

उनका अनुसार, पाँचखाल १२ का नरबहादुर दनुवारलाई बगृयको मिटर बनाउने भन्दै २५ हजार सँग घुस लिँदा लिदै अख्तियारको टोलीले पक्राउ गरेको हो । उनी पनौति नपा ८ मल्पिका हुन् । कार्यालय प्रमुख एंव सुपरभाइजरका रुपमा कार्यरत रहेका थापालाई अख्तियारले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।

उनी विगत दुई वर्षअघिदेखि उक्त शाखामा कार्यरत थिए । उनले सिँचाई मिटर बत्ति, मिटर बक्स राख्ने बेलामा पनि सेवाग्राहीहरुसँग रकम असुल्ने गरेको खुलासा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु