नयाँ शक्तिको आगामी कार्यदिशा र कार्यभार तय गर्न पोखरामा बैठक - Naya Patrika
eNaya Patrika
  • ePaper

नयाँ शक्तिको आगामी कार्यदिशा र कार्यभार तय गर्न पोखरामा बैठक

नयाँ शक्ति पार्टी, नेपालको चुनावी समिक्षाका लागि मंगलबारबाट बैठक बस्ने भएको छ । पार्टीको आगामी कार्यदिशा र कार्यभार तय गर्नका लागि प्रथम महाधिवेसन आयोजक समितिको पूर्ण बैठक पोखरामा बस्न लागेको नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले जानकारी दिए ।

बैठकलाई परम्परागत ढाँचा भन्दा फरक ढंगले सञ्चालन गर्दै तीन दिनसम्म (पौष १८/२० ) आफ्नै निर्मम शल्यक्रिया गरिने पनि उनले जानकारी दिए ।

संयोजक भट्टराईले भने,‘देशमा सच्चा वैकल्पिक राजनीतिक शक्तिको निर्माणको अभियानलाई नयाँ र अरू तीब्र ढंगले अघि बढाइनेछ ।’ तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भएको नयाँ शक्तिले प्रतिनिधिसभातर्फको प्रत्यक्षमा एक सिट जितेको थियो ।

प्रतिनिधिसभाको निर्वाचनमा गोरखा २ बाट भट्टराई निर्वाचित भएका थिए । बैठकमा सहभागिता जनाउनका लागि उनी आजै काठमाडौँबाट पोखरा गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु