धोबीखोलाको पानी पिउन योग्य बन्दै - Naya Patrika
eNaya Patrika
  • ePaper

धोबीखोलाको पानी पिउन योग्य बन्दै

नवनिर्वाचित प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले रुद्रमती अर्थात् धोबीखोलाको पानी पिउन र नुहाउनयोग्य बनाउन पहल गर्ने बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित नीलोपुलका बासिन्दासँग आज बिहान भेटघाट कार्यक्रममा उनले त्यसका लागि प्रशोधन कारखाना राख्न जग्गाको खोजीमा रहेको बताए ।

काठमाडौँ निर्वाचन क्षेत्र ४ (ख) बाट निर्वाचित सदस्य कार्कीले नीलोपुल क्षेत्रमा सुरक्षाका लागि सिसिटिभी क्यामरा राख्न तथा स्थानीयको आयआर्जन र रोजगारीका साथै जैविक वस्तुको उपभोग गर्न गराउन आफ्नो सहयोग रहने स्पष्ट पारे ।

आफ्नो क्षेत्रको विकासका लागि छिट्टै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विषयका विज्ञहरुको छुट्टाछुट्टै समूह बनाई क्रियाशील गराइने, स्थानीय तहका समस्या समाधान र विकासका लागि जनतासँग समन्वय गर्ने बताए।

नीलोपुल टोल सुधार समितिका अध्यक्ष रामजी खड्का तथा बुद्धिजीवी सुरेश निरौला, थरेन्द्र बराल, सञ्जीव लामा, भगवती गिरीलगायतले नीलोपुलको सुधार, सुरक्षा र पानीको समस्याबारे प्रदेश सदस्य कार्कीलाई अवगत गराएका थिए ।

तपाईको प्रतिक्रिया