मेला नयाँ वर्षको बहारजस्तै हो - Naya Patrika
eNaya Patrika
  • ePaper

मेला नयाँ वर्षको बहारजस्तै हो

औद्योगिक प्रदर्शनी फुटवेयर क्षेत्रका लागि नयाँ वर्षको बहारजस्तै हो । यसलाई हामीले वर्षभरिमा गरेको प्रगति प्रदर्शनी गर्ने अवसरका रूपमा लिने गरेका छौँ । त्यसैले मेलामा नयाँ डिजाइन तथा उत्पादन ल्याउने गरिन्छ । अहिले प्रत्येक सिजनमा नयाँ–नयाँ मोडलका जुत्ता ल्याइरहेका हुन्छौँ । यो वर्षको जाडोमा देखिएको जुत्ता अर्को वर्षको जाडोमा त्यही मोडलमा पाइँदैन ।

रुद्र न्यौपाने
प्रबन्ध निर्देशक, रन सुज

 

अहिले नेपाली फुटवेयरको उत्पादन बढेको भए पनि बजार व्यवस्थापनमा केही कमजोरी देखिएको छ । तर, यस्तो परिस्थितिमा पनि रन सुजलाई उपभोक्ताले अत्याधिक मन पराउनुभएको छ । फेसनअनुसारको मोडलमा उपलब्ध हुनु र लगाउन सजिलो, आरामदायी तथा गुणस्तरीय हुनुले नै यसको मुख्य कारण हो । जुत्ता, चप्पलमा आवश्यक सबै भेराइटी रन ब्रान्डमा पाइन्छ र सबै उमेर समूहका महिला, पुरुषलाई उपयुक्त हुने उत्पादन छ । भृकुटीमण्डपमा जारी मेलामा राखिएको रनको दुईवटा स्टलमा खासगरी युवा वर्गका उपभोक्ताको बढी आकर्षण देखिएको छ । नेपालमा पहिलोपटक पियू सोलबाट उत्पादन हुने स्कुल सुज रनले नै उत्पादन गरेको हो । पियू सोलबाट उत्पादित सुज अत्यन्तै हल्का र नखिइने विशेषता हुन्छ । क्याजुअलभन्दा पनि कम्फर्टेबल भएका कारण रनको स्कुल सुज धेरै लोकप्रिय भइरहेको छ ।

रनको स्टलमा भिड
भृकुटीमण्डपको मुख्य प्रदर्शनी हलको प्रवेशद्वारको करिब बीच भागमा आकर्षक डेकोरेसनसहित रन सुजको स्टल राखिएको छ । लेडिज चप्पलका लागि बेग्लै स्टल बनाएका छौँ । महिलाको संख्या धेरै भएका कारण हामीले उक्त संख्यालाई लक्षित गरी प्राथमिकताका साथ चप्पल राखेका हौँ । युथ लेडिजले कार्यालय जाँदा प्रयोग गर्ने लेदरको उच्च गुणस्तरीय चप्पल ७ सय रुपैयाँमा उपलब्ध गराएका छौँ, जुन अकल्पनीय मूल्य हो । गुणस्तर, मूल्य र फेसनलाई एकैठाउँमा राखेर उत्पादन गरेका कारण रन ब्रान्ड खोजीखोजी उपभोक्ता आएका छन् ।

किफायती मूल्य
स्टलमा आउने अधिकांश महिला उपभोक्ताले विभिन्न ब्रान्डका चप्पल किनेकै दिन च्यातिने र सिलाएर लगाउनुपर्ने स्थिति आउने गरेको गुनासो गरे पनि रन ब्रान्डका चप्पलबारे यस्तो गुनासो सुनिएको छैन । हामीले किफायती मूल्यसँगै टिकाउपनमा पनि उत्तिकै ध्यान दिइरहेका छौँ । रन सुजका चप्पल महिला तथा पुरुष दुवैका लागि ४ देखि ८ सय रुपैयाँसम्मका रेन्जमा उपलब्ध छन् । एक वर्षको वारेन्टी राखिएको स्पोर्टस् सुज ५ सय रुपैयाँमै उपलब्ध गराएका छौँ । अधिकतम ४ हजारसम्मका जुत्ता राखिएका छन् । र, अहिलेसम्म नौ नयाँ मोडलका जुत्ता मेलामा राखिएका छन् ।

उपभोक्ताको विश्वास
स्वदेशी ब्रान्डका जुत्ता, चप्पल धेरै ब्रान्डमा उपलब्ध छन् । यो भिडमा करिब ५ वर्षदेखि बजारमा उपलब्ध रन सुजले उपभोक्ताको विश्वास जित्न सकेको छ । रन सुजले अन्य ब्रान्डसँग होइन, आफैँसँग प्रतिस्पर्धा गरिरहेको छ । उपभोक्ताले दिनहुँ माग बढाइरहेका कारण सर्वसुलभ मूल्यमा अधिक आपूर्ति कसरी गर्ने भनेर चिन्ता बढेको छ ।

तपाईको प्रतिक्रिया