अनौठा न्यु इयर सेलेब्रेसन - Naya Patrika
eNaya Patrika
  • ePaper

अनौठा न्यु इयर सेलेब्रेसन

आजबाट विश्वले न्यु इयर (नयाँ वर्ष)लाई स्वागत गर्दै छ । नयाँ वर्षको आगमनसँगै मानिसले खुसीसाथ शुभकामना आदानप्रदान गर्छन् । शुभकामना आदानप्रदान गर्ने मानिसको आ–आफ्नै शैली हुन्छ । तर, कतिपय देशमा नयाँ वर्षलाई स्वागत गर्ने यस्ता संस्कार छन्, जसले विश्वलाई नै चकित तुल्याउँछ :

रंगीन अन्डरवेयर
दक्षिण अमेरिकाका केही देशमा नयाँ अन्डरवेयर लगाएर नयाँ वर्ष सेलेब्रेसन गर्छन् । उनीहरूले अन्डरवेयरको रङलाई भाग्यसँग दाँज्ने गर्दछन् । रेड अन्डरवेयरले प्रेम मिल्ने, गोल्डेनले पैसा र ह्वाइटले शान्ति मिल्ने उनीहरूको विश्वास छ ।

स्पेनमा १२ अंगुर
नयाँ वर्षको समय स्पेनमा अंगुरको निकै ठूलो महत्व हुन्छ । रातको १२ बजे मुखमा १२ वटा अंगुर एकै सासमा राख्न सके पूरै वर्ष भाग्यले साथ दिने उनीहरूको विश्वास छ ।

जहाँ प्लेट तोड्छन्
डेनमार्कमा वर्षभरि जम्मा गरेको प्लेट फोडेर नयाँ वर्ष सेलेब्रेसन गर्छन् । उनीहरूले वर्षभरिका अनावश्यक प्लेट जम्मा गर्छन् र नयाँ वर्षमा नजिकका साथीको घरको ढोकामा प्लेट तोड्ने गर्छन् ।

खाली सुटकेस बोकेर
कोलम्बियामा पनि नयाँ वर्ष सेलेब्रेसन गर्ने तरिका अनौठो छ । त्यहाँका नागरिक नयाँ वर्षको दिन सुटकेस बोकेर घुम्ने गर्छन् । नयाँ वर्षमा सुटकेस बोकेर हिँडेमा वर्षभरि यात्रा गर्न पाइने उनीहरूको विश्वास छ ।

जहाँ फ्याँकिन्छ आइसक्रिम
तपाईंलाई अचम्म लाग्न सक्छ कि विश्वका कुनै ठाउँमा आइसक्रिम फ्याँकेर पनि नयाँ वर्ष सेलेब्रेसन गरिन्छ भन्दा । तर, स्विट्जरल्यान्डमा यसै गरिन्छ । उनीहरूले नयाँ वर्षको दिन फर्ममा आइसक्रिम फालेर आफ्नो भाग्यको कामना गर्दै नयाँ वर्ष मनाउँछन् ।

डेनमार्कमा यस्तो
डेनमार्कमा नयाँ वर्ष सेलेब्रेसन गर्ने तरिका पनि काइदाको छ । त्यहाँ पहिला मानिस कुर्सी आकारमा उभिन्छन् र फर्ममा दौडिएर नयाँ वर्ष मनाउँछन् ।

तपाईको प्रतिक्रिया