प्राकृतिक चिकित्सालय निरीक्षण गर्दै मनिषा कोइराला - Naya Patrika
eNaya Patrika
  • ePaper

प्राकृतिक चिकित्सालय निरीक्षण गर्दै मनिषा कोइराला

चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला उपचारका लागि नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा आएकी छन् । आइतबार उनी परिवारसँगै चिकित्सालयमा आएकी हुन् । उनका बुवा प्रकाश कोइराला र आमा सुस्मा कोइराला पनि उनी सँगै आएका छन् ।

  

मनिषाले चिकित्सालयको निरीक्षण पछि पत्रकारहरुसँग संक्षित्त कुरा गर्दै चिकित्सालयको बारेमा आफन्तबाट सुनेको बताइन । उनले भनिन्, ‘ म बिरामी भएपछि प्राकृतिक चिकित्सालयप्रति आशा र भरोसा जाग्यो । म भारतमा पनि धेरै चिकित्सालयमा पुगेकी छु । र यसको पद्धति र महत्व बुझेको छु ।’

कोइरालाले आजको रात चिकित्सालयमै बस्ने बताएकी छन् । उनले भनिन्, ‘म यहाँ बसेर वातावरण बुझ्छु अनि घरसल्लाह गरेर डिसिजन लिन्छु ।’ नयाँ वर्ष मनाउनका चितवन आएका बेला चिकित्सालय निरीक्षण आएकी हुन् ।

चिकित्सालयमा बिरामीको चाप बढ्दो

यस चिकित्सालयप्रति बिरामीहरुको विश्वसनीयता बढ्दै गएको छ । पछिल्लो समय प्राकृतिक चिकित्साप्रति मानिसहरुको आकर्षण बढ्दै गएकाले बिरामीहरुको चाप समेत बढ्दै गएको चिकित्सालका व्यवस्थापक हरि सापकोटाले बताए । सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको यस चिकित्सालयमा ७ वर्षको अवधिमा करीब १५ हजार जनाको उपचार गरिएको सापकोटाले बताए ।

सापकोटाका अनुसार, एक वर्षमा कम्तीमा १८ सयको हाराहारीमा उपचारका लागि बिरामि आउने गरेका छन । जाडोको समयमा भन्दा गर्मीको समयमा बिरामीहरुको चाप बढी हुने गरेको उनी बताउछन । अहिले यहा ३० जना विरामिको उपचार चलिरहेको छ ।

चिकित्सालयलको क्षमताको विकास गर्ने काम समेत अहिले भैरहको छ । ३ सय जना विरामीलाई सेवा दिन सक्ने गरि क्षमतामा वृद्धि गरिन लागिएको छ । अहिले ८० जनासम्म बिरामीलाई आवासीय सुविधा सहितको सेवा प्रदान गर्दै आएका छ ।

नेपालकै पहिलो सर्वसाधारणबाट सञ्चालित सामुदायिक प्राकृतिक चिकित्सालय २०६७ सालमा धान्याञ्चलको आयोजना गरी स्थापना भएको थियो । यस चिकित्सालयमा स्थानीय समाजसेवीहरुले ठूलो लगानी गरेका छन् । अहिले भवन निर्माणका लागि सरकारले अनुदान समेत दिएको छ । दुई सय सैयाको भवन निर्माणका लागि सरकारले दिएको अनुदानबाट निर्माणाधिन भवन अन्तिक चरणमा पगेको छ । अन्तिम चरणमा समेत पुगेको छ ।

चिकित्सालयमा उपचारका लागि आउने बिरामीहरुले आवासीय सुविधासहित दिनको सात सय रुपैयँ तिर्नुपर्दछ । जुन रकमबाट नै चिकित्सालयका कर्मचारीहरुलाई तलबको व्यवस्था गरिएको चिकित्सालयका व्यवस्थापन समितीका अध्यक्ष सनत् वहादुर क्षेत्रीले बताए । चिकित्सालयमा अहिले ४ जना डाक्टरसहित ४० जना कर्मचारी रहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु