‘आलोपालो सरकार भनेर एकता कसरी हुन्छ ?’ - Naya Patrika
eNaya Patrika
  • ePaper

‘आलोपालो सरकार भनेर एकता कसरी हुन्छ ?’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो सरकार चलाउने सहमति भएको सार्वजनिक गरेका बेला एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदिप ज्ञवालीले आलोपालो सरकार नहुने बताएका छन् ।

आइतबार सदरमुकाम तम्घासमा प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले नयाँ सरकार गठनपछि मन्त्रीहरुको कार्यशैलिका आधारमा कार्यविभाज हेरफेर भएपनि सरकार गठनमा आलोपाला नहुने दाबी गरे । ‘आलोपालो भनेर एकता कसरी हुन्छ ? एउटै पार्टी भएपछि सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर होला,’उनले भने, ‘आलोपालो भन्नु, एकताबबाट भाग्न खोज्नु हो ।’

उनले एकताको बिषय केपी र प्रचण्ड वा एमाले माओवादीको भन्दा बहुमत नेपालीको भावना भएकाले एकताप्रति कुनै सन्देह नराख्न सवैलाई आग्रह गरे ।

साथै उनले अहिलेको सरकारले ताजा जनादेशको अपमान गरेको बताए । चुनावको मत परिणाम सार्वजनिक भएको पन्ध्र बिस दिन बितिसक्दा समेत सरकारले कुर्चीमै रमिता देखाई रहेको आरोप लगाए । ‘आफुलाई लोकतन्त्रबादी बताउने कांग्रेस र सभापतिको नैतिकता देखियो,’ उनले भने,‘देउवाजी विभिन्न बाहानाबाजी गरेर कुर्ची छाड्न चाहँदैनन् ।’

नेता ज्ञवालीले समानुपातिकतर्फको नतिजा सार्वजनिक नगर्ने निर्वाचन आयोग र सरकारको गतिविधि बिडम्बनापूर्ण रहेको प्रतिक्रिया दिए । निर्वाचन आयोगलाई कुनै दलको शाखा कार्यालय जस्तो नबनेर तटस्थ ढङ्गले काम गर्न समेत उनले आग्रह गरे ।

उनले निर्वाचन आयोग पनि राजनीतिक दलपट्टि लागेर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद भएको आरोप लगाए । उनले भने, ‘आयोग जस्तो निकाय र स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।’ उनले संविधान र कानुनको अपव्याख्या गरेर अहिलेको सरकारले दृघकालिन असर पर्ने निर्णयहरु गरिरहेको बताए । ‘सरकारले सहमती भन्दा निहँु खोजिरहेको छ,’ज्ञवालीले भने,‘कुनै निर्णय पनि बामगठबन्धनलाई मान्य छैनन ।’

माओवादीसँग सैद्धान्तिक बिषयमा असहमति छैन

नेता ज्ञवालीले माओवादी र आफुहरुबिच कुनै सैद्धान्तिक असहमती नभएको बताए । उनले संंविधानमा समेत आफुहरुको बिचार प्रतिबिम्वित भएकाले संगठनको संरचना र इतिहासको बिषयमा रहेका केहि असहमती पनि छिट्टै टुङ्गो लाग्ने बताए ।

असोज १७ गतेको छ बुदे सममति र घोषणा पत्रमा आफुहरु साझा बिचार रहेकाले सैद्धान्तिक समस्या नरहेको ज्ञवालीले बताए । उनले सरकार गठन अगाडी नै एकताको प्रारुप तयार हुने बताए । साथै ज्ञवालीले प्रदेशको राजधानी र प्रमुख तोक्ने बिषयलाई सडकमा बिसुन पोख्नु आवश्यक नरहेको स्पष्ट पारे ।

गौतमको नेपाल नवनिर्माण महाअभियान लोकार्पण

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु