मेसिनबाट लुगा धुने बढे - Naya Patrika
eNaya Patrika
  • ePaper

मेसिनबाट लुगा धुने बढे

मेसिनबाट लुगा धुने बढे – जोरपाटीका शिवकुमार दुवाले वासिङ मेसिन ल्याएपछि उनका साथीहरूबीच त्यसको चर्चा चुलियो । साथीहरूले त्यसका बारेमा जानकारी लिएपछि एक हप्ताभित्रमै अरू तीनजनाले पनि वासिङ मेसिन किने । वासिङ मेसिन भएपछि पानी नछोई कपडा धुन सकिने भएपछि यो चिसो मौसममा सबैमा वासिङ मेसिनप्रति आकर्षण बढ्नु स्वाभाविक हो ।

दशकअघिसम्म डोकोमा कपडा बोकेर ढुंगेधारा वा खोलामा जाने र खरानीमा कपडा पकाएर ढुंगामा पछार्दै लुगा धुनेहरू घाट–घाटमा देखिन्थे । तर, समयले कोल्टे फेरिसकेको छ । साबुनले कपडा धुने होइन अब पानी नछोई मेसिनद्वारा लुगा धुनेहरू बढ्दै गएका छन् ।

बजारमा जतिजति आधुनिक प्रविधिका यन्त्रहरूको आगमन हुन्छ, मानिसको जीवनशैली त्यति नै सहज हुँदै गएको छ । मानिसको जीवनशैलीलाई सहज बनाउन महTवपूर्ण भूमिका निभाउनेमध्ये एक यन्त्र भएको छ वासिङ मेसिन ।

बजारमा ३० हजार रुपैयाँभन्दा कमदेखि करिब चार लाखसम्मका घरायसी प्रयोगका वासिङ मेसिन पाइन्छ । पानी र सर्फ केही बढी लाग्ने भए पनि सुविधाका अगाडि मानिसहरूले अलिकति बढेको लागतलाई वास्ता गर्न छाडेका छन् ।

बजारमा एलजी, सिजी, टिसिएल, तोसिवा, केल्भिनेटर, वर्लपुल, बेको, सामसुङ, सान्सुई, गोदरेज, यासुदा, हाइसेन्स, सार्प, वाल्टन, भिडियोकोन, टी–सिरिजलगायतका ब्रान्डका वासिङ मेसिन पाइन्छ । सबैले फ्रन्टलोड मेसिन नल्याए पनि टपलोड मेसिन केही सस्तो पनि पर्ने र पानी पनि कम खपत गर्ने भनेर यसको आकर्षण पनि कम रहेको छैन ।

सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड पुरुषोत्तम भण्डारी नेपालमा वार्षिक २५ हजारको संख्यामा वासिङ मेसिन बिक्री हुने गरेको बताउँछन् । उनको दाबीअनुसार त्यसको आधा एलजी ब्रान्डका वासिङ मेसिन बिक्री हुने गरेको छ ।

घरायसी प्रयोगका लागि आठ केजीको वासिङ मेसिन बढी बिक्री हुने गरेको उनले बताए । भण्डारी बताउँछन्, ‘अहिले प्रविधि बुभ्mने र जीवनशैली सहज बनाउनेहरूको संख्या बढ्दो छ । त्यसैले, वासिङ मेसिनको माग पनि बढिरहेको छ ।’ बजारमा एलजीको टप लोडिङ र फ्रन्ट लोडिङ गरी दुवै प्रकारको वासिङ मेसिन उपलब्ध छ ।

टप लोडिङ सात केजीको मूल्य ३६ हजार वाट सुरु हुने भण्डारीले बताए भने फ्रन्ट लोडिङमा ६ केजीदेखि २५ केजीसम्मको वासिङ मेसिन छ । त्यसको मूल्य ६५ हजार रुपैयाँदेखि करिब चार लाखसम्म रहेको भण्डारी बताउँछन् ।

चौधरी ग्रुपले नै टिसिएल र सिजी ब्रान्डका पनि वासिङ मेसिन बिक्री गर्छ । सिजी ब्रान्ड चौधरी ग्रुपको आप्mनै ब्रान्ड हो । नेपालीको आवश्यकतानुसारको फिचर राखेर उत्पादन गरिने हुनाले सिजी वासिङ मेसिनको बिक्री पनि सन्तोषप्रद रहेको भण्डारीले बताए ।

सिजी वासिङ मेसिन विभिन्न प्रकारमा रहेका छन्, जसलाई टु इन टब, अटोमेटिक टप लोडिङ र फ्रन्ट लोडिङ गरी तीन प्रकारका रहेका छन् । जसमध्ये फ्रन्ट लोडिङ वासिङ मेसिन सर्वाधिक रुचाइएको कम्पनीको दाबी छ । यसमा अन्य ब्रान्डका भन्दा भिन्न गुणस्तर रहेको कम्पनीका सेल्स हेड विष्णु ज्ञवालीले बताए ।

अरूको भन्दा वाटर म्याजिक क्युबको प्रयोग गर्दा कपडाको धुलाइ राम्रो हुनुका साथै पानीको खपत कम हुने ज्ञवालीको दाबी छ । साथै, सिजी फ्रन्ट लोडिङ वासिङ मेसिनको प्रमुख आकर्षण यसको इन्भर्टर मोटरमा १० वर्षे वारेन्टी रहेको जनाइएको छ । यसको मूल्य पनि उपभोक्ताले खोजेजस्तो भएकाले आकर्षण बढेको ज्ञवालीको भनाइ छ ।

सामसुङ ब्रान्डका वासिङ मेसिन बिक्री गर्दै आएको सामसुङ नेपालले पनि ६ देखि १३ केजीसम्म क्षमताका धेरै मोडेलको वासिङ मेसिन बिक्री गर्दै आएको छ । सामसुङ नेपालको मार्केटिङ प्रमुख शिक्षा श्रेष्ठका अनुसार बजारमा सामसुङका फ्रन्ट लोडिङ र टप लोडिङ दुवै प्रकारका वासिङ मेसिनको बिक्री सन्तोषजनक रहेको छ । उनले भनिन्, ‘यो जाडो मौसममा मानिसले चिसो पानीमा लुगा धुन नपरोस् भनेर हामीले विन्टर अफरसमेत ल्याएका छौँ ।’ अफरमा मोडेलअनुसार मूल्यमा १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिरहेको उनको भनाइ छ ।

सामसुङको टप लोडिङ मेसिनमा सामान्य र एक्टिभ वास भन्ने दुईवटा मोडेल रहेका छन् । एक्टिभ वासमा हातले पनि कलरजस्ता बढी मैला हुने ठाउँमा धुन मिल्ने उनले बताइन् । त्यस्तै, फ्रन्ट लोडिङमा इको बबलजस्ता सुविधा भएका मोडेलहरू छन् । सामसुङका ग्राहकले इको बबल बढी मन पराएको उनको भनाइ छ । त्यस्तै, सामसुङमा कपडा सुकाउने प्रविधि पनि रहेको मार्केटिङ प्रमुख श्रेष्ठ बताउँछिन् । सामसुङ वासिङ मेसिन ४५ हजारदेखि एक लाखभन्दा बढी मूल्यसम्मका छन् ।

लक्की ग्रुपअन्तर्गतको युनिभर्सल इलेक्ट्रोकमले हिटाची ब्रान्डको वासिङ मेसिन बिक्री गर्दै आएको छ । करिब ७० हजारदेखि एक लाख ८० हजार रुपैयाँसम्मको वासिङ मेसिन बिक्री गर्दै आएको यो कम्पनीले ग्राहकको आवश्यकतानुसारको क्षमताका मेसिन बजारमा ल्याएको दाबी गरेको छ र कम्पनीका अनुसार हिटाची गुणस्तरीय भएकाले यसको मूल्य पनि केही बढी रहेको छ ।

एकपटक हिटाची ब्रान्ड प्रयोग गर्नेले अन्य ब्रान्डका उत्पादनमा चित्त नबुझाउने कम्पनीका बजार व्यवस्थापक जगदीश चन्दले बताए । हिटाचीका टपलोड पूर्ण स्वचालितदेखि पावर इन्भर्टर जडित फ्रन्ट लोड मेसिनले ग्राहकको मन जित्न सकेको उनको दाबी छ । फ्रन्ट लोडअन्तर्गत सबैभन्दा बढी साढे सात किलोको एक लाख ४० हजार रुपैयाँ पर्ने मेसिन उपभोक्तामाझ लोकप्रिय रहेको चन्दले बताए ।

तपाईको प्रतिक्रिया