सहरी क्षेत्रमा ग्यास गिजरको लोकप्रियता - Naya Patrika
eNaya Patrika
  • ePaper

सहरी क्षेत्रमा ग्यास गिजरको लोकप्रियता

इलेक्ट्रिक र सोलार गिजरको मूल्य पनि तुलनात्मक रूपमा बढी पर्छ । यसविपरीत ग्यास गिजरको खरिद मूल्य तुलनात्मक रूपले सस्तो, प्रयोग गर्न पनि सजिलो र ग्यासको सर्वसुलभताका कारण लोकप्रियता बढ्दै गएको छ । तिहार सकिएपछि जाडो मौसमले छोपिहाल्छ । त्यसपछि घरघरमा गिजरको तातोपानीमा नुहाउनेको संख्या बढ्ने गरेको छ ।

नेपालमा अझै पनि पानी चिस्याउन गिजरको प्रयोग खासै हुँदैन, तर तताएर नुहाउन गिजर प्रयोग गर्नेको संख्या बिस्तारै बढ्न थालेको छ । खासगरी सहरी क्षेत्रका उपभोक्ताले गिजरको प्रयोग बढाउन थालेकाले उत्पादक कम्पनीले प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन थालेका छन् ।बजारमा इलेक्ट्रिक, सोलार र ग्यास गरी तीनथरी गिजर उपलब्ध छन् । तर, यसमध्ये सबैभन्दा बढी ग्यास गिजरको माग र प्रयोग छ ।

इलेक्ट्रिक गिजरका लागि बिजुली पर्याप्त चाहिने र प्रयोग गरेको अवधिभर उच्च विद्युत् खपत हुने समस्या छ । सोलार गिजरबाट पनि राम्ररी तातेको पानी नआउने समस्या बढी हुने गरेको उपभोक्ताको गुनासो छ ।

इलेक्ट्रिक र सोलार गिजरको मूल्य पनि तुलनात्मक रूपमा बढी पर्छ । यसविपरीत ग्यास गिजरको खरिद मूल्य तुलनात्मक रूपले सस्तो, प्रयोग गर्न पनि सजिलो र ग्यासको सर्वसुलभताका कारण लोकप्रियता बढ्दै गएको छ ।

बजारमा डिकेन, इलेक्ट्रोन, कलर्स, यसुडा, सिजी, सामसङ, माउन्ट, हिम, हिलटेक, नियोटेक, बाल्ट्रालगायत अधिकांश इलेक्ट्रोनिक्स ब्रान्डले ग्यास गिजर उपलब्ध गराएका छन् । सामान्यतया ५–६ लिटर क्षमताको गिजर धेरै प्रयोग हुन्छ ।

मध्यम वर्गीय नेपालीमाझ ५–६ हजार रुपैयाँ मूल्यकै गिजर धेरै लोकप्रिय छन् । नेपाली ब्रान्ड सिजीले दुई मोडलको गिजर बजारमा ल्याएको छ । एउटाको ५ हजार ९ सय ९० र अर्कोको ६ हजार १ सय ९० रुपैया“ मूल्य निर्धारण गरिएको छ । बाल्ट्रा ब्रान्डले केही समयअघि ठूलो क्षमताको गिजर माग गर्ने उपभोक्तालाई ध्यान दिँदै ५० लिटरको गिजर बजारमा उपलब्ध गराएको छ ।

इलेक्ट्रिक र सोलार गिजरको मूल्य पनि तुलनात्मक रूपमा बढी पर्छ । यसविपरीत ग्यास गिजरको खरिद मूल्य तुलनात्मक रूपले सस्तो, प्रयोग गर्न पनि सजिलो र ग्यासको सर्वसुलभताका कारण लोकप्रियता बढ्दै गएको छ ।

गिजरका विशेषता
उत्पादक कम्पनीबीच तीव्र प्रतिस्पर्धा चलिरहेका कारण सस्तो मूल्यमा उपभोक्ताले नवीन प्रविधिका गिजर प्रयोग गर्न पाइरहेका छन् । बजारमा पाइने ग्यास गिजरमा ग्यास र पानीको मात्रा नियन्त्रण गर्ने विधि राखिएको पाइन्छ । पानीको चाप, पानीको तापक्रम मेन्टन गर्ने सुरक्षित सामग्री पनि हुन्छ । सामान्यतया २० मिनेटको टायमर हुन्छ, जसकारण ग्यास निभाउन बिर्सियो भने पनि २० मिनेटपछि सिस्टमले आफैँ निभाउँछ ।

अधिकांशमा विन्टर र समर स्विट्ज हुन्छ, जसबाट तातो र चिसो पानी बनाएर नुहाउन सकिन्छ । अहिले एलसिडी डिस्प्ले भएको गिजर बजारमा उपलब्ध छ, जसबाट पानी कति तापक्रममा छ भनेर हेर्न सकिन्छ । अधिकांशमा न्यूनतम १ वर्षको वारेन्टी उपलब्ध हुन्छ ।

अक्सिजन सेन्सर भएको गिजर पनि उपलब्ध हुन थालेको छ, जसले बाथरुममा नुहाइरह“दा आवश्यताअनुसार अक्सिन प्राप्त भएको छ कि छैन भनेर मानिसलाई जानकारी गराउ“छ । प्रायः सबै ब्रान्डले स्टेनलेस स्टिल भएका गिजर बजारमा ल्याएका छन् ।

 

सावधानी आवश्यक
ग्यास गिजरको खपत बढ्दै जाँदा यसबाट दुर्घटनासमेत बढ्न थालेका छन् । तसर्थ यसको प्रयोग गर्नुअघि सचेत हुन आवश्यक छ । सामान्यतया भ¥याङमुनि सा“घुरो स्थानमा भएको बाथरुममा ग्यास गिजर प्रयोग गर्नु त्यति राम्रो मानिँदैन । पर्याप्त भेन्टिलेसन भएको र ढोका खुला राख्न मिल्ने स्थानमा गिजर प्रयोग गर्नु राम्रंो हुन्छ ।

बाथरुममो भेन्टिलेसन पूरै खुला राखेर ग्यास गिजरमा नुहाउनु सुरक्षित मानिन्छ । त्यस्तै श्वासप्रश्वाससम्बन्धी समस्या भएका ज्येष्ठ नागरिक र बालबालिकाले पनि गिजर प्रयोग नगर्दा राम्रो हुने चिकित्सकको सल्लाह छ । आजभोलि सहरी क्षेत्रका प्रायः घरमा गिजर देख्न पाइन्छ । मध्यम वर्गीय लक्षित होटेलमा पनि यसको प्रयोग बढ्दै गएको छ ।

ग्यास पाउन सहज

आयल निगमका अनुसार प्रत्येक महिना १५ लाखभन्दा बढी सिलिन्डर ग्यास खपत हुने गरेको छ । अहिले निगम नाफामा सञ्चालन भएका कारण पनि भारतीय आयल कर्पोरेसन (आइओसी) बाट ल्याउन पनि सहज छ ।

आइओसीले मागेअनुसार ग्यासलगायत पेट्रोलियम पदार्थ दिइरहेका कारण उपभोक्ताले सहजै ग्यास पाइरहेका छन् । बजारमा ५७ भन्दा बढी ब्रान्डका ग्यास पाइन्छन् । नियमित रूपमा मागअनुसार ग्यास आपूर्ति भइरहेका कारण ग्यास गिजरको प्रयोगकर्ता पनि निर्धक्क छन् । गिजरमा हालेको ग्यास पनि निकै कम खपत हुन्छ ।

तपाईको प्रतिक्रिया