लिभरपुल र चेल्सी विजयी
eNaya Patrika
  • ePaper

लिभरपुल र चेल्सी विजयी

इंग्लिस प्रिमियरसिप लिगमा शनिबार लिभरपुलले लेस्टरमाथि २–१ को कठिन जित दर्ता गरेको छ । १ गोलले पछाडि परेको लिभरपुलले नतिजा उल्ट्याउँदै महत्वपूर्ण ३ अंक जोडेको हो । लिभरपुलको जितमा मोहमेद सालाहले २ गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै जेर्मियन भार्डीले लेस्टरलाई १–० को अग्रता दिलाएका थिए ।

खेलको ५२औँ मिनेटमा सालाहले लेस्टरको डिफेन्स तोड्दै लिभरपुललाई १–१ को बराबरीमा पु¥याए । खेलको ७६औँ मिनेटमा उनले उत्कृष्ट ड्रिब्लिङ गर्दै लिभरपुलको जित २–१ ले पक्का पारे । जितसँगै लिभरपुल शीर्ष चारमा पुगेको छ । लिभरपुलले २१ खेलबाट ४१ अंक जोडेको छ ।

अर्को खेलमा साबिक विजेता चेल्सीले स्टोक सिटीमाथि ५–० को सानदार जित निकालेको छ । चेल्सी ४५ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । चेल्सीको जितमा रोड्रिग्वेज, ड्रिकवाटर, पेड्रो, विलियम्स र जापाकोस्टाले १–१ गोल गरेका थिए । उता, स्वान्सीले वाट्फोर्डमाथि २–० को जित रच्यो ।

तपाईको प्रतिक्रिया