जबरजस्ती भिडियो बनाइ सामाजिक सञ्जालमा हाल्न खोज्ने पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

जबरजस्ती भिडियो बनाइ सामाजिक सञ्जालमा हाल्न खोज्ने पक्राउ

नाताले मित दिदी–भाइब पर्ने महिला र पुरुषलाई चिया बगानभित्र नांगेझार बनाएर सामाजिक सञ्जालमा फोटो हाल्ने धम्की दिनेलाई प्रहरीले पक्राउ गरेको छ । पीडितलाई खुकुरी देखाएर उनीहरुले नगदसमेत लुटपाट गरेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–९ सालबाडी बस्ने वर्ष १७ का विजयबहादुर मगर र नवीन डाँगी छन् । घटनामा सम्लग्न सोही स्थानका अर्का एकजना फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुईजनालाई भने इलाका प्रहरी कार्यालय बिर्तामोडले शनिबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । फरार पीडकको पनि पहिचान भइसकेको र खोजी जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

यस्तो छ घटना विवरण

इलाम घर भएकी ३५ वर्षीया एक महिला पुस १२ गते झापाको सुरुंगास्थित मितआमाको घरमा भेटघाटका लागि आइन् । १३ गते बिहान ७ बजे घर फर्कने भन्दै उनी मितआमाको घरबाट बिदा भइन् । मितआमाको छोरा (मितभाइ)ले उनलाई मोटरसाइकलमा घरसम्म पु¥याइदिने भए ।

तर, यी दिदी–भाइलाई बाटोमा ढुकेर बसेका तीन जनाले अचानक रोके । ‘उनीहरुले दिदी–भाइलाई नियन्त्रणमा लिएर मन लागेअनुसारको फोटो र भिडियो बनाएछन्,’ बिर्तामोडका डिएसपी कोइरालाले भने, ‘उनीहरुको साथमा रहेको नगद १२ हजार २ सय रुपैयाँ पनि लुटेछन् ।’तर, पीडकलाई त्यति पैसाले पुगेन । अरु एक लाख रुपैयाँ पनि मागे । पैसा नदिए फोटो र भिडियो ईन्टरनेटमा हालिदिने धम्की दिए । पीडितमध्येका ‘भाइ’ पैसा लिनका लागि भन्दै बैंक गए ।

एकजना पीडक पनि उनको पछिपछि लागे । बाँकी दुईजना भने महिलालाई रुँघेर त्यहीँ बसे ।
‘त्यसपछि उनीहरुले महिलाको कपडा खोल्न लगाए, शरीर पूरै नांगो बनाएर फेरि भिडियो खिचे, संवेदनशील अंगमा हात लगाए, पटक–पटक करणीको प्रयास गरे,’ डिएसपी कोइरालाले भने, ‘यही बीचमा एकजना प्रत्यक्षदर्शीले प्रहरीमा खबर गरे, पैसा लिन भनेर हिँडेका पीडित पनि भागेर प्रहरी कार्यालय नै आए ।’

लगत्तै सादा पोसाकमा खटिएको प्रहरीले महिलालाई जबरजस्तीकरणी गर्न खोजिरहेको अवस्थामा २ जनालाई पक्राउ ग¥यो । उनीहरु अर्जुनधारा–११ स्थित गिरीबन्धु चिया बगानभित्रको बाटोमा पक्राउ परेका हुन् । उनीहरुले खिचेको भिडियो पनि प्रहरीले बरामद गरेको छ । उनीहरुविरुद्ध जबरजस्तीकरणी उद्योग र जबरजस्ती चोरीमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु