रोनाल्डो युरोपका उत्कृष्ट खेलाडी
eNaya Patrika
  • ePaper

रोनाल्डो युरोपका उत्कृष्ट खेलाडी

१५९ अंकका साथ रियल म्याड्रिडका फुटबलर क्रिस्टियानो रोनाल्डो सन् २०१७ को उत्कृष्ट खेलाडी

रियल म्याड्रिड स्टार क्रिस्टियानो रोनाल्डो उत्कृष्ट युरोपियन खेलाडी बनेका छन् । रोनाल्डो लगातार दोस्रोपटक युरोपको उत्कृष्ट खेलाडी बनेका हुन् । सन् २०१६-१७ को सिजनमा स्पेनिस क्लब रियलले पाँच महत्वपूर्ण उपाधि जित्दा रोनाल्डोको भूमिका अहं रह्यो । रियलकै प्रशिक्षक जिनेदिन जिदान वर्षको उत्कृष्ट प्रशिक्षक बनेका छन् ।

रोनाल्डोलाई सर्वाधिक १५९ अंक
विश्वका विभिन्न २६ अन्तर्राष्ट्रिय समाचार संस्थाको भोटिङअनुसार रोनाल्डो सन् २०१६ को उत्कृष्ट खेलाडी बनेको बेलायतका समाचार संस्थाहरूले जनाएका छन् । रोनाल्डोले सर्वाधिक १ सय ५९ अंक हात पारे । अवार्ड १९९८ बाट सुरु भएको हो । रोनाल्डोले फर्मुला वान च्याम्पियन लेविस ह्यामिल्टन र टेनिस स्टार रोजर फेडेररलाई पछि पारे ।

ह्यामिल्टन १ सय ४३ अंकका साथ दोस्रो स्थानमा रहे । यस वर्ष सात अन्तर्राष्ट्रिय टेनिस उपाधि जितेका स्विस स्टार फेडेररले १ सय २४ अंक हात पारे । उनी तेस्रो स्थानमा रहे । स्पेनिस खेलाडी राफेल नाडालले १ सय १३ अंक पाएका थिए । युरोपकै उत्कृष्ट खेलाडीको अवार्डमाथि फेडेररले पाँचपटक कब्जा जमाएका छन्, जसमध्ये २००५ मा फेडेरर एलेना इसिनबाएभासँग संयुक्त विजेता बनेका थिए । उनी २००५ देखि २००९ सम्म विजयी भएका थिए ।

सम्झनलायक वर्ष
रोनाल्डोका लागि २०१७ वर्ष सम्झनलायक रह्यो । यस वर्ष रोनाल्डोले विश्वकै प्रतिष्ठित बालोन डी अरलगायत युरोपका विभिन्न अवार्डमा आफ्नो वर्चस्व कायम गरेका छन् । उनले भने, ‘मेरा लागि यो निकै खुसीको कुरा हो । यो अवार्डका लागि मलाई योग्य सम्झेर भोट दिनुहुनेप्रति आभारी छु ।’

तपाईको प्रतिक्रिया