अस्ट्रेलिया ६१ रनले पछाडि
eNaya Patrika
  • ePaper

अस्ट्रेलिया ६१ रनले पछाडि

अस्ट्रेलिया इंग्ल्यान्डविरुद्धको चौथो टेस्टको दोस्रो इनिङमा ६१ रनले पछाडि छ । वर्षाले प्रभावित शुक्रबारको खेलमा अस्ट्रेलियाले २ विकेट गुमाएर १ सय ३ रनको योगफल बनाएको छ । पूर्वकप्तान एलेस्टर कुकको जीवनकै उच्चतम २ सय ४४ रनको मद्दतमा इंग्ल्यान्डले पहिलो इनिङमा ४ सय ९१ रन जोडेको थियो । इंग्ल्यान्डले पहिलो इनिङमा १ सय ६४ रनको अग्रता लिएको थियो । इंग्ल्यान्डको इनिङमा कुक अन्तसम्म आउट भएनन् ।

वार्नर र स्मिथ नटआउट
इंग्ल्यान्डलाई चौथो दिनको पहिलो सेसनमै अलआउट गरेपछि अस्ट्रेलियाले दोस्रो ब्याटिङ इनिङ थाल्यो । अस्ट्रेलियाले चौथो दिनको खेल समाप्तिसम्म २ विकेट गुमायो । क्रिजमा पहिलो इनिङमा शतकीय योगदान दिएका डेभिड वार्नर ४० तथा कप्तान स्टिभ स्मिथ २५ रनमा अविजित छन् । वार्नरले १ सय ४० बलमा ३ चौका प्रहार गरेका छन् । स्मिथले ६७ बलमा २ चौका हिर्काएका छन् । उनीहरूले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका छन् ।

गतिलो पहिलो विकेट
अस्ट्रेलियाले दोस्रो इनिङमा पहिलो विकेटका लागि ५१ रनको साझेदारी ग¥यो । ओपनर वान्क्रोफ्ट र वार्नरले १५.४ ओभरसम्म ब्याटिङ गरेका थिए । वान्क्रोफ्टले ४२ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए । उस्मान खुवाजाले १४ बलमा १ चौका र १ छक्का प्रहार गरी ११ रनको योगदान दिए । इंग्ल्यान्डका लागि जेम्स एन्डर्सनले २० तथा वाकर्सले २४ रन खर्चेर १–१ विकेट लिएका छन् ।

तपाईको प्रतिक्रिया