गज्जब! ब्लो अप : केकी अधिकारी र नाजिर हुसेन - Naya Patrika
eNaya Patrika
  • ePaper

गज्जब! ब्लो अप : केकी अधिकारी र नाजिर हुसेन

चलचित्र ‘स्वर’बाट रजतपटमा डेब्यु गरेकी नायिका केकी अधिकारीले सयौँ टेलिभिजन विज्ञापन र म्युजिक भिडियो गरेकी छन् । आठौँ डी सिने अवार्ड विजेता केकीलाई सफल र सुन्दरी नायिकाका रूपमा चिनिन्छ । एमबिएसम्म अध्ययन गरेकी उनका सामाजिक सञ्जालमा लाखौँ फ्यान, फलोअर छन् ।
नृत्य सिक्नकै लागि काठमाडौं आएका नाजिर हुसेन अहिलेका चर्चित नायक हुन् । मण्डला थिएटरमा अभिनय सिकेका उनी ‘बुद्ध वाणी’ नाटकबाट मुख्य भूमिकामा आएका हुन् । ‘पुन्टे परेड’ फिल्मबाट डेब्यु गरेका नाजिरले ‘होस्टेल रिटन्र्स’मा गरेको अभिनयको प्रशंसा भएको थियो । क्यारेक्टर बेसमा अभिनय गर्न माहिर उनी चलचित्र ‘गाँठो’बाट लिड रोलमा
स्थापित भएका हुन् । छुट्टाछुट्टै धारबाट रजतपटमा प्रवेश गरेका नाजिर र केकी अभिनीत ‘राज्जा रानी’ २१ पुसदेखि प्रदर्शनमा आउँदै छ । तराईको दाइजोसम्बन्धी कथा समेटिएको चलचित्रमा आफूहरूको सशक्त अभिनय रहेको उनीहरूको दाबी छ ।

  • ब्लाे अप : केकी अधिकारी (अभिनेत्री), नाजिर हुसेन (अभिनेता)
  • तस्बिर : विनोद विष्ट
  • लोकेसन : सिएमडी फुडल्यान्ड, टंगाल, काठमाडौं
  • मेकअप : सुशीला जोशी
  • ड्रेसअप : दुर्गा बस्नेत, मिराकी बुटिक, लोकन्थली, भक्तपुर (केकी), ल्यान्ड फेसन, पिपुल्स प्लाजा, काठमाडौं (नाजिर)

तपाईको प्रतिक्रिया