समानुपातिकमा नाम नपरेपछि राजपाको केन्द्रीय कार्यालयमा तोडफोड - Naya Patrika
eNaya Patrika
  • ePaper

समानुपातिकमा नाम नपरेपछि राजपाको केन्द्रीय कार्यालयमा तोडफोड

प्रदेशसभातर्फकाे समानुपातिक सूचीमा नाम नपरेपछि राजपाको केन्द्रीय कार्यालय तोडफोड भएको छ । मधेसी निजामती कर्मचारी संघका अध्यक्ष विनोद सिंहले आफ्नो नाम नपरेपछि कार्यालय तोडफोड गरेका हुन् ।

प्रदेश २ मा समानुपातिक राजपाले पाएको १० सिटमा सिंहको नाम परेको छैन । सिंह निजामति कर्मचारीबाट राजीनामा दिएर राजपाको प्रदेश समानुपातिकमा बसेका थिए ।

बबरमहलको कार्यालयमा सिंहले आफ्नो नाम समानुपातिकमा नपरेपछि १५/२० जना जम्मा गरी भवनको बोर्ड, झ्यालढोका तोडफोड गरी कुर्सि समेत फालेका छन् ।

कर्मचारी संघको कार्यालयलाई सिंहले राजपाको केन्द्रीय कार्यालयका लागि भवन उपलब्ध गराएका थिए ।

आफ्नो नाम नपरेको भन्दै कार्यालय नै तोडफोडमा उत्रिनु अराजता भएको राजपाका महासचिव केशव झाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु