माओवादीले टुंग्यायो प्रदेशका सांसद्काे समानुपातिक सूची, हेर्नुस् काे–काे भए सांसद् ? - Naya Patrika
eNaya Patrika
  • ePaper

माओवादीले टुंग्यायो प्रदेशका सांसद्काे समानुपातिक सूची, हेर्नुस् काे–काे भए सांसद् ?

माओवादी केन्द्रले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको अन्तिम सूची तयार पारेको छ । शुक्रबार दिउँसो अध्यक्ष प्रचण्डसहित बसेको प्रदेश इन्चार्जहरूको बैठकले अन्तिम सूची तयार पारेको हो ।

माओवादीले गत बिहीबार प्रदेश नम्बर १, ४, ५, ६ र ७ बाट प्रतिनिधित्व गर्ने संसादको नाम टुंगो लगाएको थियो ।

शुक्रबारको बैठकले २ र ३ नम्बर प्रदेशको नाम पनि टुंगो लगाएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए ।

अन्तिम सूची निर्वाचन आयोगमा आजै बुझाउने बताइएको छ । पार्टी कार्यालयका सचिव प्रह्लाद बुढाथोकीले सूची निर्वाचन आयोगमा बुझाउने जानकारी दिइएको छ ।

समानुपातिक सांसदको सूची यसप्रकार छ ।
प्रदेश नम्बर १
१. सीता थेवे
२. कुशुमकुमारी श्रेष्ठ
३. शौभाग्य राई
४. सरस्वती पोखरेल
५. उमिता विश्वकर्मा
प्रदेश नम्बर २
१. जगतप्रसाद यादव
२. महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिलाकुमारी यादव
५. फुलियादेवी सदा

प्रदेश नम्बर ३
१. दिनेश महर्जन
२. आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल

प्रदेश नम्बर ४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया रोकामगर (गौतम)

प्रदेश नम्ब्र ५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव
प्रदेश नम्बर ६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह

प्रदेश नम्बर ७
१. निर्मला बडाल (जोशी)
२. कुन्ती जोशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली

तपाईको प्रतिक्रिया