यसरी हुन्छ घुर्ने समस्याको समाधान
eNaya Patrika
  • ePaper

यसरी हुन्छ घुर्ने समस्याको समाधान

डा. लक्ष्मी आवा
छातीरोग विशेषज्ञ
सुमेरु सिटी अस्पताल

-सबैभन्दा पहिला समस्या भएको व्यक्ति स्वयंले नियन्त्रणको कोसिस गर्नुपर्छ ।

-शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनैपर्छ ।

-घुर्ने मानिस उत्तानो सुत्नुहुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्छ ।

-यस्तो समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी गर्दा पनि केही हदसम्म सुधार हुन्छ ।

-मुख्यतः राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान गर्नुहुँदैन ।

-घुर्ने समस्या भएका मानिसमा टन्सिल भएको खण्डमा त्यो टन्सिललाई काटेर फाल्नैपर्ने हुन्छ ।

-अहिले सिपाप भन्ने मेसिन आएको छ । यसको प्रयोग पनि उपचारको उत्तम उपाय हो । घुर्ने समस्याको उपचार विधि भनेकै सिपाप हो ।

तपाईको प्रतिक्रिया