प्रचण्डलाई भेटेपछि अध्यादेश स्वीकृत गर्न राष्ट्रपति सकारात्मक
eNaya Patrika
  • ePaper

प्रचण्डलाई भेटेपछि अध्यादेश स्वीकृत गर्न राष्ट्रपति सकारात्मक

राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशको विषयमा उनीहरूबीच डेढ घन्टा छलफल भएको हो । प्रचण्डसँगको भेटपछि राष्ट्रपति अध्यादेश स्वीकृत गर्ने मुडमा पुगेकी छिन् । जनमतको सम्मान गर्दै विवादको समाधान खोज्नुपर्ने पक्षमा राष्ट्रपति र प्रचण्डबीच कुराकानी भएको राष्ट्रपतिका प्रेस संयोजक माधव शर्माले बताए ।

राष्ट्रिय सभासम्बन्धी अध्यादेशलाई लिएर विवाद बढ्दै जाने स्थिति देखिएपछि राष्ट्रपति स्वीकृत गर्ने मनस्थितिमा पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपतिले २८ मंसिरदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले, राजपा, संघीय समाजवादी फोरमका अध्यक्षसँग निरन्तर परामर्श गर्दै आएकी थिइन् ।

राष्ट्रपति सकारात्मक

राष्ट्रपति भण्डारीसँगको भेटमा प्रचण्डले जनमत वाम गठबन्धनको पक्षमा भएकाले गाँठो फुकाउने पक्षमा आफूहरू रहेको बताएका थिए । दलहरूबीच विवाद बढ्दै जाँदा वाम गठबन्धनप्रति जनतामा नकारात्मक धारणा बन्नुका साथै सरकार गठनमा समेत ढिलाइ हुने धारणा प्रचण्डले राखेका थिए । प्रचण्डसँगको छलफलपछि राष्ट्रपति भण्डारी अध्यादेश  स्वीकृत गराउन सकारात्मक देखिएकी हुन् । कांग्रेस र एमालेबीच दूरी बढ्न सक्ने देखेपछि मध्यमार्गी बाटो भन्दै प्रचण्ड एकल संक्रमणीय प्रणालीको पक्षमा उभिएका छन् ।

तपाईको प्रतिक्रिया