म्याग्दीमा एक वर्षमा ७ हजारको स्वास्थ्य बिमा - Naya Patrika
eNaya Patrika
  • ePaper

म्याग्दीमा एक वर्षमा ७ हजारको स्वास्थ्य बिमा

गुणस्तरीय एवं सर्वसुलव स्वास्थ्य सेवामा नागरिकको सहज पहँुच सुनिश्चित गर्ने उदेश्यले नागरिक स्वास्थ्य विमा सुर भएको छ । स्वास्थ्य उपचारमा नागरिकलाई वित्तिय सुरक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम म्याग्दीमा एक वर्ष अघि सुरु भएको थियो ।

म्याग्दीमा २०७३ पुस १३ गतेबाट सुरु भएको बिमा एक वर्षमा म्याग्दीमा ७ हजार १सय १६ जनाले स्वास्थ्य बिमा गरेको जिल्ला बिमा कार्यालय म्याग्दीले बताएको छ ।

म्याग्दीमा बिमा गर्नेमा पुरुषभन्दा महिला धेरै छन् । तीन हजार ८ सय ३१ जना महिला र ३ हजार ३ सय २९ जना पुरुष गरी जम्मा एक हजार ६ सय ७४ घर परिवारले स्वास्थ्य बिमा गरेका समाजिक स्वास्थ्य सुरक्षा बिकास समितिका प्रमुख अर्जुन पण्डितले बताउनु भएको छ ।

जिल्लामा बेनी अस्पताल बेनी म्याग्दी, दरवाङ्ग प्रथामिक केन्द्र र बेनी नगरपालिका १ र २ वडाको बिमितलाई धौलागीरी अञ्चल अस्पताल बागलुङले सेवा दिएको छ ।

प्रमुख पण्डितका अनुसार जिल्लामा बिमित सूरु भए देखि हाल सम्म ४३ लाख ७८ हजार ६ सय बिस रुपैया रकम उठेको र सेवा दिए वापत बेनी अस्पताल म्याग्दीबाट २ हजार ५ सय १९ र दरवांग प्रथामिक केन्द्रबाट ५ सय ५१ जनाले सेवा लिएको कार्यालयले जनाएको छ ।

सेवा दिए वापत बेनी अस्पताल बेनी, म्याग्दीलाई १३ लाख २९ हजार ९ सय ३६ र दरवांग प्राथामिक केन्द्र, दरवांगलाई १ लाख ५३ हजार ५ सय २४ रुपैयाँ बीमा कार्यालयवाट भुत नी दिईएको छ । आ.वा. ०७४,०७५मा म्याग्दीमा २० प्रतिशतले बिमित बढाउने उदेश्य रहेको कार्यालयले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु