{अपडेट} जनप्रतिनिधि कुट्ने आरोपित पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

{अपडेट} जनप्रतिनिधि कुट्ने आरोपित पक्राउ

जनप्रतिनिधि कुटपिटमा संलग्न ३ जना आरोपितलाई प्रहरीले पक्राउ छ । तातोपानी गाउँपालिका –२ नम्बर वडा सदस्य मुनबहादुर डाँगीलाई निर्घात कुटपिट गर्ने ३ जना आरोपितलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही वडाका विष्णु अधिकारी, प्रेम अधिकारी र टंक अधिकारी रहेका छन् ।

प्रहरीका अनुसार उनिहरुले जनप्रतिनिधि डाँगीलाई सामुहिक रुपमा कुटपिट गरेका हुन् । वडा सदस्यको हैसियतले हिमशिखर माध्यामिक विद्यालय तातोपानीको योजना तुर्जमाका लागि बैठकमा गएका बेला सार्वजनिक बाटोको विषयलाई लिएर कुटपिट भएको पीडित डाँगीले बताएका थिए ।

स्थानीय रामबहादुर रावलका अनुसार घाइते जनप्रतिनिधि डाँगीको नाकबाट धेरै खुन बग्नुका साथै नाक र अन्य शरिरमा ठूलो चोट लागेको थियो । उनलाई गत सोमबार दिउँसो निर्घात कुटपिट भएको थियो । भने प्रहरीमा मंगलबार मात्र जाहेरी दर्ता भएको थियो ।

सांघातिक आक्रमण गरी कुटपिट गर्नेलाई सार्वजनिक अपराध ऐन अनुसार कारबाही गरीने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरी नायव निरिक्षक डा. तपनकुमार दाहालले दुवैपक्ष सहमतिका आधारमा मिलापत्र नगरे मुद्दा नै चल्ने बताए । आक्रमणबाट घाइते डाँगी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारपछि घर फर्किएका थिए ।

यो पनि पढ्नुहोस्

कुटिए जनप्रतिनिधि !

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु