त्रिवेणी कप सुरु, देशभरका २३ क्लब भिड्दै - Naya Patrika
eNaya Patrika
  • ePaper

त्रिवेणी कप सुरु, देशभरका २३ क्लब भिड्दै

विगत २६ वर्षदेखि बेँसीसहरमा हुँदै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । प्रतियोगितामा देशभरका २३ क्लबले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन आज बेँसीसहर नगरपालिकाका मेयर गुमानसिं अर्यालले गरेका थिए ।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि अर्यालले लमजुङ जिल्लामा राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्रको स्थापना गर्न सकेमा खेलको विकास र खेलाडीहरुले खेल्न सक्ने उपयुक्त वातावरणको सिर्जना हुने बताए । उनले जिल्लालाई खेलको माध्यमबाट चिनाउनको लागि गाउँ, गाउँमा फूटबल खेलमैदान आवश्यक रहेको बताउँदै लुकेर रहेका प्रतिभालाई खेलको माध्यमबाट चिनाउनुपर्ने समेत उल्लेख गरे ।

 मेयर अर्यालले स्थानीय तहमा खेलकुदको क्षेत्रलाई प्रथामिकता दिएर काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले भने बेँसीसहर नगरपालिकाका ११ वटै वडाका युवालाई खेलकुदमा आर्कषण गर्ने विभीन्न कार्यक्रम सञ्चालन गर्नेछौ ।

 मेयर अर्यालले थपे नगरपालिकाले खेलकुदको क्षेत्रलाई प्रथामिकता दिएर काम गरीनेछ । ‘अर्यालले भने राज्यलाई अन्र्तराष्ट्रिय रंगमञ्चमा चिनाउन स्थानिय ,प्रादेशीक र केन्द्रीय सरकारले खेलकुदको क्षेत्रलाई प्राथामिकता दिएर काम गर्नुपर्छ’ ।

त्यस्तै कांग्रेसका जिल्ला सभापति एवम् त्रिवेणी युवा क्लवका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले प्रतिभाशाली खेलाडीको पहिचान गराउने थलो नै त्रिवेणी युवा क्लव भएको बताए । उनले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग अनुभव बटुल्ने अवसर दिनुपर्नेमा जोड दिए ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कपको उपाधी पहिलो हुने समूहलाई नगद ३ लाख त्रिवेणी कप र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुने समूहले रजतपदकसहित नगद १ लाख ५० हजार प्राप्त गर्नेछन् । सेमिफाइनल उपबिजेता दुई समूहलाई नगद ५०, ५० हजार प्रदान गरिने त्रिवेणी युवा क्लवका अध्यक्ष छविन्द्र गुरुङले बताए ।

अध्यक्ष गुरुङका अनुसार, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५÷१५ हजार, स्वर्णपदक र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तैगरी, अनुशासित टिमलाई १० हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

खेलको पहिलो दिन बुधबार त्रिवेणी भेट्रोन र लमजुङ मस्र्याङ्दी युवा क्लबबीच मैत्रीपूर्ण खेल संपन्न भएको छ । खेलमा ३—० गोल अन्तरले त्रिवेणी युवाक्लब विजयी भएको छ । त्यस्तै बिहीबारको पहिलो खेल सुन्दरबजार युथ क्लब रातो र शेरा ८ बेँसीसहरबीच हुने भएको छ ।

यस्तै दोस्रो खेल अन्नपुर्ण युवा क्लब नाल्मा र नवकालीका युवा क्लब उदीपुरबीच हने, तेसो खेल लमजुङ मस्र्याङ्दी युवा क्लब बेशिसहर र एमसिटी बेशिसहर बिच हुने र चौथो खेल पारादेवी युवा क्लव दुवार र श्रीजङ गण उदीपुरबिच हुने आयोजकले जनाएको छ । प्रतियोगीता पौष १९ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया