फोरमसँग छिट्टै पार्टी एकता हुन्छ : महतो - Naya Patrika
eNaya Patrika
  • ePaper

फोरमसँग छिट्टै पार्टी एकता हुन्छ : महतो

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालबीच छिट्टै पार्टी एकता हुने दावी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु बताए । उनले भने, ‘राजपा र फोरमबीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ, अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता अहिले हाम्रो प्राथमिकतामा छ।’

नेता महातोले निर्वाचनलाई आन्दोलनकै रुपमा उपयोग गरेको बताए । उनले भने, ‘निर्वाचनमा हाम्रो विजयीसँगै आन्दोलनको जीत भएको छ, सहिदको पक्षमा मतदान भएको छ, यो मधेश आन्दोलनको जित हो।’

नेता महतोले संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर आफूहरु अघि बढ्ने बताए । उनले राष्ट्रिय राजनीतिको सन्धर्भ उल्लेख गर्दै आफूहरुको ध्यान सरकार बनाउनेतिर नभएको जिकिर गरे ।

उनले केन्द्रीय सरकार बनाउनेतिर चासो र ध्यान नरहेको दावी गरे । उनले भने, ‘हामी त संविधान संशोधनको पक्षमा छौं, संशोधन नहुञ्जेलसम्म हामी आन्दोलनमै रहन्छौं, संघर्ष गर्छौं।’ उनले संविधान संशोधनको पक्षमा जुन पार्टी आउँछ त्यसलाई केन्द्रीय सरकारमा आफूहरुको समर्थन रहने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु