ओली-प्रचण्डबीच पार्टी एकता प्रक्रिया अघि बढाउने सहमति - Naya Patrika
eNaya Patrika
  • ePaper

ओली-प्रचण्डबीच पार्टी एकता प्रक्रिया अघि बढाउने सहमति

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकता अघि बढाउने समझदारी भएको छ। अबको एक, दुई दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा सहमत भएको स्रोतले जनाएको छ ।

बुधबार दिउँसो ओली निवास बालकोटमा अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकता प्रक्रिया अघि बढाउनेसँगै, सरकार गठन, राष्ट्रिय सभा, अध्यादेशलगायतका विषयमा छलफल भएको थियो । अध्यक्षद्वयले जनताले दिएको नयाँ जनादेश अनुसार सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया