साना तथा मझौला व्यवसायी महासंघमा नयाँ कार्यसमिति
eNaya Patrika
  • ePaper

साना तथा मझौला व्यवसायी महासंघमा नयाँ कार्यसमिति

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा बाबुकाजी महर्जन निर्वाचित भएका छन् । महासंघको शुक्रबार सम्पन्न १३औँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा महर्जनलाई निर्वाचित गरेको हो । उनी यसअघि महासंघको कार्यबाहक अध्यक्ष थिए ।

साधारणसभाले सहअध्यक्षमा हरि पराजुली र वरिष्ठ उपाध्यक्षमा दीपकप्रसाद आचार्यलाई निर्वाचित गरेको छ । त्यस्तै, प्रथम उपाध्यक्षमा इनु पौडेल, द्वितीय उपाध्यक्षमा गोपालप्रसाद तिवारी, तृतीय उपाध्यक्षमा प्रेम ढुंगेल र चतुर्थ उपाध्यक्षमा सरिता थापा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा कामिनी सिंह, महासचिवमा कुमार भुजेल, सचिवमा सुलोचना राजभण्डारी र कोषाध्यक्षमा रामकेशर विष्ट निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता सरोज नेपालले जानकारी दिए । उनका अनुसार नारायण पौडेल (होटेल एसोसिएसन, नेपाल) वस्तुगत उपाध्यक्षमा र खोमराज खरेल (नेपालय कलेज) एसोसिएट उपाध्यक्षमा निर्वाचित भएका छन् ।

साना–मझौला व्यवसाय मुलुकको मेरुदण्ड
साधारणसभामा प्रतिनिधि सभा सदस्य पम्फा भुसालले साना तथा मझौला व्यवसायीहरू देशका मेरुदण्ड रहेको बताइन् । त्यसैले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ थियो । ‘व्यवसाय प्रवद्र्धन र व्यवसायीहरूको हकहितका लागि महासंघको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘हामी पनि हातेमालो गर्न तयार छौँ, व्यवसाय प्रवद्र्धनका लागि साझेदारी गरौँ ।’ कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य दीपक निरौला, राजकाजी महर्जन, ज्ञानेन्द्र शाक्य र जीवन खड्काले समेत साना तथा मझौला व्यवसाय प्रवद्र्धनमा हातेमालो गर्ने बताए ।

तपाईको प्रतिक्रिया