सर्वसाधारणको जीवनरक्षाका लागि राष्ट्रसंघको अपिल
eNaya Patrika
  • ePaper

सर्वसाधारणको जीवनरक्षाका लागि राष्ट्रसंघको अपिल

यमनमा पछिल्लो समयमा जारी द्वन्द्वमा सर्वसाधारण नागरिक मारिने क्रम नरोकिएको भन्दै नागरिकको रक्षाका लागि संयुक्त राष्ट्रसंघले विशेष अपिल गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा जारी विद्रोही र सरकारी सेनाको दोहोरो भिडन्तमा यमनका सर्वसाधारण नागरिकको मृत्यु भएको भन्दै उनीहरूको रक्षाका लागि विशेष अपिल गरेको हो ।

द्वन्द्वको चपेटामा परी निर्दाेष र सर्वसाधारण नागरिकको मृत्यु भएको यमनका लागि राष्ट्रसंघका विशेष प्रतिनिधि माली ओल्ड चेख अहमदले बताए । यमनको राजधानी सानामा पछिल्ला केही समययता ठूला भिडन्तहरू भएका छन् । ती भिडन्तमा सर्वसाधारण नागरिक मारिने गरेको विशेष दूत अहमदले बताए । युद्धका वेला विद्रोही समूह र सरकारी सेनाले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्नेमा विशेष दूत अहमदले जोड दिएका छन् ।

सानामा पछिल्लो समयमा पूर्वराष्ट्रपति अली अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा बारम्बार भिडन्त हुने गरेको छ ।

तपाईको प्रतिक्रिया