कंग्रेसलाई सञ्जीवनी बुटी !
eNaya Patrika
  • ePaper

कंग्रेसलाई सञ्जीवनी बुटी !

गुजरातको बढोत्तरीपछि आफूले राजनीतिमा पुनरागमन गर्न सक्नेमा कंग्रेसको मनोबल बढेको हुनुपर्छ । आफूले भाजपालाई टक्कर दिन सक्ने र सत्ताविरोधी लहरको फाइदा उठाउन सक्ने उसमा विश्वास पलाएको हुनुपर्छ ।

गुजरात विधानसभा निर्वाचनको परिणाम हामी सबैसामु आइसकेको छ । जहाँ ९९ सिटका साथ भाजपा विजेता घोषित भइसकेको छ र कंग्रेसलाई ७७ सिट प्राप्त भएको छ । यसअघि १९८५ मा कंग्रेसलाई एक सय ४९ सिटसहितको अत्यन्त मजबुत बहुमत प्राप्त भएको थियो । त्यतिखेर माधवसिंह सोलंकी मुख्यमन्त्री बनेका थिए । त्यतिखेरको ‘कुशासन’ आज पनि मानिसहरूको सम्झनामा ताजै हुनुपर्छ । जहाँ हिन्दू–मुस्लिम हिंसा चरम रूपमा मच्चेको थियो र कानुनी व्यवस्थाको अत्यन्त खराब अवस्था थियो ।

कैयौँ हिन्दू व्यापारी त्यस समयलाई मुस्लिम अपराधी र कफ्र्युको कारण सम्झिने गर्छन् । यसपछि १९९० को निर्वाचनमा कंग्रेसलाई केबल ३३ सिट प्राप्त भयो । १९९५ मा केही सुधार देखियो । उसलाई ४५ सिट प्राप्त भयो । फेरि १९९८ मा ५३ , २००२ मा ५९ र २०१२ मा ६१ सिट प्राप्त भएका थिए ।

केही कमजोर भएको भाजपा
७७ सिटले कंग्रेसको कमजोर स्थितिको संकेत होइन, जब कि यति धेरै सिटको अर्थ हो, कंग्रेस गुजरातमा सत्ताका लागि बलियो दाबेदार हो । अब यस्तो भन्नु सही हुनेछ कि कंग्रेस अन्ततः माधवसिंह सोलंकीको जमानाबाट अगाडि बढिसकेको छ ।

सबैभन्दा ठूलो विषय त यो हो कि यस्तो तब सम्भव भएको छ, जब गुजरात भाजपाका सबैभन्दा प्रभावशाली नेता नरेन्द्र मोदी देशका प्रधानमन्त्री छन् । कंग्रेसका लागि कुनै सानोतिनो उपलब्धि होइन । कंग्रेसले भाजपाको गढमा त्यतिखेर आफ्नो सिट बढाएको छ, जब मोदी प्रधानमन्त्री छन् र गुजरातका मोदी–साहको जोडी एकपछि अर्को राज्यको निर्वाचन जित्दै आएका छन् । यति मात्र होइन, मोदी र अमित साहको भाजपा कंग्रेसमुक्त भारतको आफ्नो लक्ष्यअन्तर्गत उसको हातबाट राज्यको शासन सत्ता खोस्दै गइरहेको छ ।

निकट प्रतिस्पर्धा
अब यो अन्तर सात प्रतिशतको छ । पहिले यो अन्तर १० प्रतिशतको हुने गथ्र्यो । तर, यो तथ्यांकले अन्योल सिर्जना गर्छ । किनकि, यो अन्तर भाजपाले सहरी इलाकाका सिट जितेका कारण कायम भएको हो । कैयौँ सिटमा निकै मतको अन्तर रहेको छ, विशेषगरी ग्रामीण इलाकाका सिटमा । यसबाट पनि थाहा हुन्छ कि प्रतिस्पर्धा कति नजिकको थियो ।

यदि अलिकति मात्र थप कुरा कंग्रेसको हकमा हुन्थ्यो भने कंग्रेसले यो निर्वाचन जित्न सक्ने थियो । २०१४ को लोकसभा निर्वाचनमा भाजपाको भोट ४३.३ प्रतिशत थियो । त्यसको तीन वर्षपछि उत्तर प्रदेशको निर्वाचनमा ४१.३५ प्रतिशत भोट भाजपालाई प्राप्त भएको छ । भोट प्रतिशत र सिट दुवैको हिसाबबाट थाहा हुन्छ कि भाजपाको लोकप्रियता ०१४ देखि ०१७ सम्म उत्तर प्रदेशमा ज्युँकात्युँथियो ।

सत्ताविरोधी लहर
तर, गुजरातमा यस्तो थिएन । ०१४ मा भाजपाले गुजरातमा ५९ प्रतिशत भोटका साथ लोकसभाका सबै २६ सिट जितेको थियो । कंग्रेसलाई ३३ प्रतिशत भोट प्राप्त भएको थियो अर्थात् भाजपाभन्दा २६ प्रतिशत कम । लोकसभाको परिणामलाई विधानसभाको हिसाबबाट हेर्ने हो भने भाजपाले १८२ मध्ये १६२ सिट जितेको थियो । बहुमतभन्दा मात्र केही सिट बढी जितेर भाजपाले वास्तवमा गिरावट दर्ता गरेको छ ।

जब भाजपाका नेता भन्छन् कि यो तथ्यांक नहेर्नुस्, जब कि यो हेर्नुहोस् कि २२ वर्षदेखि गुजरातमा सत्ताविरोधी लहर थियो । यसको अर्थ यो हो कि भाजपाले पनि स्विकारेको छ कि मोदीमय भाजपा पनि सत्ताविरोधी लहरबाट टाढा छैन ।

कंग्रेसमुक्त भारत
०१३ देखि जसरी कंग्रेस पराजित हुँदै आइरहेको छ, त्यसबाट कंग्रेसमुक्त भारतको नारा यथार्थमा परिणत हुँदै गरेको देखिन थालेको थियो । तर, गुजरातको बढोत्तरीपछि आफूले राजनीतिमा पुनरागमन गर्न सक्नेमा कंग्रेसको मनोबल बढेको हुनुपर्छ । आफूले भाजपालाई टक्कर दिन सक्ने र सत्ताविरोधी लहरको फाइदा उठाउन सक्ने उसमा विश्वास पलाएको हुनुपर्छ । एकपटक फेरि भाजपा गुजरातमा सरकार बनाउन गइरहेको छ, तर कंग्रेसले १९८५ पछि यसपटक सबैभन्दा बढी सिट हासिल गरेको छ ।

बिबिसी डट कम/हिन्दीबाट

तपाईको प्रतिक्रिया