न्यु फेस : लेखन, गायन र अभिनयमा हुर्कँदै अरविन्द्र भट्टराई - Naya Patrika
eNaya Patrika
  • ePaper

न्यु फेस : लेखन, गायन र अभिनयमा हुर्कँदै अरविन्द्र भट्टराई

हुन त उनी हास्यकलाकार पनि हुन् । यद्यपि गीत लेखन, लय सिर्जना र गायन सबैमा उत्तिकै अब्बल छन् अरविन्द्र भट्टराई । चार वर्षदेखि नेपाली संगीत क्षेत्रमा रहेका गायक भट्टराईका चारवटा गीत बजारमा आइसकेका छन् ।

उनकै शब्द, लय तथा स्वरमा रहेको ‘घर घरमा ग्यास पाइप’ बोलको लोकदोहोरी गीतले निकै चर्चा बटुल्यो । मुलुकले २ वर्षअघि बेहोरेको नाकाबन्दीताका चर्चित यो गीतको म्युजिक भिडियोमा अरविन्द्र आफैँले अभिनय गरेका छन् । गीतमा उनलाई गायिका तुल्सी घर्तीमगरले साथ दिएकी छन् ।

विभिन्न टेलिसिरियलमा समेत फाट्टफुट्ट अभिनय गर्ने गायक अरविन्द्रको शब्द तथा स्वरमा केशव आचार्यको लय रहेको ‘के म ह्यान्डसम छैन र’लगायत ‘भाग्य नै बिहेपछि खुल्छ रे’ र ‘कान्छीको बगैँचामा के फूल फुल्यो होला’जस्ता गीत सार्वजनिक भइसकेका छन् ।

सबै गीतको म्युजिक भिडियोसमेत बनाउँदै आएका गायक भट्टराई कलाकारितालाई नै व्यावसायिक रूपमा अँगाल्ने प्रयत्नमा छन् । भन्छन्, ‘रहने त कलाकारितामा नै हो । गीत लेखेर, गाएर वा हास्यक्षेत्रमा लागेर जेजसरी भए पनि व्यावसायिक रूपमा कलाकारितालाई अँगाल्ने मेरो प्रयास छ ।’ उनी यतिवेला एउटा लोकपप गीतको तयारी गर्दै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु