मतदाता भेटघाटमै व्यस्त निर्वाचित प्रतिनिधि - Naya Patrika
eNaya Patrika
  • ePaper

मतदाता भेटघाटमै व्यस्त निर्वाचित प्रतिनिधि

गत मंसिर १० मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचन जनप्रतिनिधिहरु यतिवेला मतदाताको बधाई लिन व्यस्त छन् । यहाँका दुर्इ प्रतिनिधिसभा  र चार प्रदेशसभामा वाम गठबन्धन विजयी भएकाे छ । विजयी भएसँगै निर्वाचित प्रतिनिधिहरु जिल्लाका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरुसँग भेटघाटमा रमाइरहेका छन् ।

आफ्नो गाउँमा पुगेका विजयी उम्मेदवारहरुलाई स्वागत तथा सम्मान गर्न पाउदा मतदाताहरु पनि उत्साहित भएका छन् । आफुलाई मतदान गर्ने जनताहरुलाई धन्यवाद तथा कार्यकर्ता भेटघाटमा व्यस्त देखिएका जनप्रतिनिधिहरु अविर, फूमालाले रंगिएका छन् ।

प्रतिनिधिसभा सदस्य क्षेत्र नम्वर १ बाट निर्वाचित डा. सुर्य पाठक, प्रदेश सभा क्षेत्र नं १ को (क( र (ख) का क्रमशः इन्द्रलाल सापकोटा र कृष्ण थापा पनि मतदाताmाई धन्यावाद दिन र बधाई लिन घरदैलोमै छन् ।

त्यस्तै प्रतिनिधिसभा सदस्य क्षेत्र नम्वर २ बाट निर्वाचित माओवादी केन्द्रका देवेन्द्र पौडेल, प्रदेश सभा सदस्यबाट विजयी प्रतिनिधिहरु (क) चन्द्रबुढा मगर र (ख) का टेकबहादुर घर्ती पनि घरदैलो अभियान मै छन् ।

ताराखोलामा विजयी प्रदेश सभा सदस्यलाई फूलैफूलको भारी

माओवादीको गढ मानिएको ताराखोलाबाट वाम गठबन्धनलाई राम्रो मत आएपछि धन्यवाद तथा बधाई लिन पुगेका प्रदेशसभा सदस्य चन्द्रबुढा मगरलाई ताराखोलावासीहरुले फूलैफूलको भारी बोकाए । निर्वाचित सबैले मतदातालाई विकास र समृद्धिका लागि सदैव साथ दिन आग्रह गरे ।
तस्विरः हरिप्रसाद शर्मा÷नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु