जनप्रतिधिलाई पत्रकारको उपहार ‘जिल्लाको व्ल्यांक नक्सा’ - Naya Patrika
eNaya Patrika
  • ePaper

जनप्रतिधिलाई पत्रकारको उपहार ‘जिल्लाको व्ल्यांक नक्सा’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिधिलाई खोटाङका पत्रकारले जिल्लाको सादा नक्सा प्रदान गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालमा आवद्ध पत्रकारले मंगलबार प्रतिनिधिसभा सदस्यमा विजयी विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नम्बर १ (क) मा विजयी राजन राई र प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा विजयी रामकुमार राई (पासाङ)लाई जिल्लाको सादा नक्सा प्रदान गरेका हुन् ।

विकासका रंग भर्दै जिल्लाको सम्बृद्धिमा काम गर्न दबाब स्वरुप प्रतिनिधिसभा सदस्य भट्टराईलाई प्रेस सेन्टरका अध्यक्ष तामाङ, प्रदेशसभा (क) का सदस्य राजनलाई प्रेस चौतारीका केन्द्रीय सदस्य हरिवोल आचार्य र प्रदेशसभा (ख) का रामकुमारलाई प्रेस सेन्टरका केन्द्रीय सदस्य भीम राईले खोटाङको सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र प्रदान गरे ।

खोटाङको भौतिक, आर्थिक र सामाजिक परिवर्तनको रंग कलात्मक तरिकाले भर्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई जिल्लाको सादा नक्सा प्रदान गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष तामाङले बताए ।

जिल्लाको समग्र विकासका लागि ध्यान केन्द्रित गराउन सादा नक्सा प्रदान गरिएको चौतारीका केन्द्रीय सदस्य आचार्यले बताएका छन् । बधाई पत्रमा ‘खोटाङ जिल्लाको भाग्य र भविष्य निर्माण गर्दै विकास र सम्बृद्धिको रंग भर्न यहाँलाई जिल्लाको सादा नक्सा प्रदान गरिएको छ ।’ भनिएको छ ।

सादा नक्सा अंकित बधाई तथा शुभकामना–पत्र बुझ्दै जनप्रतिनिधिले जिल्लाको सम्वृद्धिको रंग भर्नका लागि प्राप्त अवसरलाई सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु