कार्यक्रम ‘जनता आवास’ जसका लागि अायाे उसैकाे उठिबास ! - Naya Patrika
eNaya Patrika
  • ePaper

कार्यक्रम ‘जनता आवास’ जसका लागि अायाे उसैकाे उठिबास !

सरकारले गरिबका लागि ल्याएको जनता आवस कार्यक्रम रौतहटमा भने केही टाठाबाठा र सरकारी कर्मचारीका लागि कमाउने माध्यम बनेको छ । सरकारले जनता आवास कार्यक्रम अन्र्तगत रौतहट जिल्लाका बिभिन्न स्थानका विपन्न परिवारका लागि पक्की घरसहितको योजना ल्याएर काम थालेको थियो ।

जनता आवास कार्यक्रम अन्र्तगत चन्द्रपुर नगरपालिका –७ को मुसहर टोलमा निर्माण थालिएको १९ वटा घर यतीबेला अलपत्र परेका छन् । एउटा दुई सुताको रडको ९ वटा समान्य पिलर जस्तो दुई कोठे पक्की घर बन्ने आशमा रहेका सो स्थानमा बासिन्दा गत साउनमा आएको बाढी र अहिले वरेको शितलहरमा पनि पराल ओछ्याएर सुत्न बाध्य छन् ।

रौतहटमा मात्र जनता आवास कार्यक्रम अन्र्तगत एक हजार घर बनाउनका लागि राज्यले रकम पठाएको भएपनि रौतहटमा १ प्रतिशत समेत काम हुन सकेको छैन् ।

नगरपालिका ७ का अनुरुद्ध माझीले भने, ‘जेठमै घर बनाईदिन्छु भनेर बस्दै आएको सानो घर पनि भत्काए तर, अस्तीको बाढीमा भिजेरै रात गयो, यो जाडोमा पराल बालेर रात कटेको छ ।’

आफुहरुलाई कस्ले, कहिले र किन घर बनाई दिने भन्ने आफूलाई थाहा नभएको स्थानीय रामसय माझीले बताए । तर, जनता आवास कार्यक्रम रौतहटका प्रमुख श्रीभगवान साहले भने आफुहरुले जनता आवास कार्यक्रम अन्र्तगत एक घर निर्माणका लागि दिईने २ लाख १४ हजार सिधै घरधनीलाई दिईने व्यावस्था भएको बताए ।

रौतहटका बिभिन्न स्थानमा बन्दै गरेका एक हजार घरमा लाग्ने ईट्टादेखि अन्य निर्माण सामाग्रीहरु भने स्थानीय टाठाबाठाले ल्याउने गरेका छन् । अति गरिब र आफ्नो जमिन भएकाहरुका लागि राज्यले जनता आवास कार्यक्रम ल्याएको भएपनि रौतहटमा भने एउटा समेत घर निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

जिल्लाको चन्द्रपुर नगरपालिका क्षेत्रमा एक सय ५० घर जनता आवास कार्यक्रम अन्र्तगत बन्नु पर्नेमा कुनैपनि घर निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । यो कार्यक्रम अन्र्तगत दुइ कोठा र जस्ताको छानो भएको पक्की घरका लागि चाहिने निर्माण समाग्रीहरु समेत गुणस्तर हिन प्रयोग भईरहेको स्थानीय बताउँछन् ।

जतता आवास कार्यक्रम रौतहटका प्रमुख साहले एक हजार घर बनाउनु पर्नेमा ९ सय घरको जगको काम सम्पन्न भएको जानकारी दिए । उनले भने, ‘असार साउनमा बाढी आयो, त्यसपछि चुनाव आयो, काम यत्तिकै रोकिएको छ । अब काम अघि बढ्छ होला ।’

चन्द्रपुर नगरपालिका वडानं ७ का वडाअध्यक्ष बिष्णु प्रसाद उप्रेतीले भने, ‘कार्यक्रम त आयो तर, जसका लागि आएको हो उसले पाएको छैन । पक्की घरको लाभमा भएको झुपडीमा भत्कियो । अहिले उनीहरुको बिल्लीबाठ भयो ।’ गत जेठबाट रौतहटमा सुरु भएको यो कार्यक्रम सुरु हुनासाथ आर्थिक अनियमिता भएको भन्दै व्यापक आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु