आलोकको नाटकमा बुद्धको बयान - Naya Patrika
eNaya Patrika
  • ePaper

आलोकको नाटकमा बुद्धको बयान

शुक्रबार आलोक विद्याश्रमले आफ्नो संस्थाको बार्षिकोत्सवमा गौतम बुद्धको जिवनीमा आधारित नाटक प्रस्तुत गरेको छ । नृत्य, संगीत र अभिनयको त्रिवेणीका रुपमा मञ्चन भएको नाटक आर्मी अफिसर्स क्लवको हलमा देखाइयो ।

बुद्धको जिवनीसँग सम्वन्धित नाटकको नाम ‘भुमि’ राखिएको छ । नाटकको माध्यमबाट नेपालको विविध जातजातिका लोक गीत, र लोक नृत्यलाई समेत प्रस्तुत पनि गरिएको छ ।

अनेकतामा एकता रहेको नेपालका विविध जातजातिका लोक गीत र लोक नृत्यले नेपाली कला तथा संस्कृतिलाई झल्काउँदै अगाडि बढ्ने कथाले ‘भुमि’ नामकी पात्रको सम्यक जीवन बोधको जीवन्त चित्रण गर्दछ ।

बुद्धको जिवनीबाट प्रेरित नाटकको कथा प्राचीन समयको कथा हो । विद्यालयका शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहेको यस नाटकले कलाको उन्नयन, वातावरण प्रदूषण र यसको रोकथाममा हाम्रो कस्तो भूमिका हुनुपर्छ भन्ने सन्देश दिएको छ ।

झुम्रा, घाटु, तामाङ सेलो, स्याब्रु, सतार र छलिया जस्ता लोकनृत्यले यस नाटकलाई नेपालको विशिष्ट संस्कृतिको आँखीझ्याल बनाएको छ ।

तपाईको प्रतिक्रिया