प्रतिक्षित 'कृ' फिल्मको ट्रेलर सार्वजनिक भएको छ । माघ २६ गते रिलिज हुने
eNaya Patrika
  • ePaper

अनमोल अभिनित ‘कृ’को ट्रेलर सार्वजनिक

प्रतिक्षित ‘कृ’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । माघ २६ गते रिलिज हुने फिल्मको शुक्रबार राजधानीमा प्रेसमिट गरि ट्रेलरर सार्वजनिक गरिएको हो ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा अनमोल केसीलाई एक्शन अवतारमा प्रस्तुत गरिएको छ । सुवास गिरी र भुवन केसीको संयुक्त लगानीमा बनेको कृमा अनमोलका साथमा नवअभिनेत्री अदिति बुढाथोकी,कामेश्वर चौरसिया, अनुपबिक्रम शाहीलगायतले अभिनय गरेका छन् ।
अभिनेता अनमोलले झण्डै डेढ बर्षको अन्तरालपछि कृमार्फत आफू पुन दर्शकमाझ आउन लागेको बताए । उनले आफूले फिल्ममा निकै मिहीनेत गरेकाले अघिल्ला फिल्मको भन्दा अझै बढी सफलता पाउने बिश्वास ब्यक्त गरे ।


निर्माता भुवनले कृ निकै राम्रो बनाउने कोसिस गरिएको बताए भने अर्का निर्मँता सुवासले पनि आफ्ना बिगतका सबै फिल्म भन्दा कृ उत्कृष्ट भएको दावी गरे । नव अभिनेत्री अदितिले आफूले सशप्रतिशत मिहीनेत गरेकाले जम्ने बिश्वास ब्यक्त गरिन् ।


पुरुषोत्तम प्रधानले खिचेको कृको कथा निर्देशक सुरेन्द्र आफैले लेखेका हुन् । बदलाको भावनाबाट प्रेरित फिल्मको सम्पादक पनि सुरेन्द्र आफै हुन् ।

हेर्नुहोस् ट्रेलर :-

तपाईको प्रतिक्रिया