मैले त्यही वेला अनितालाई ‘नोटिस’ गरेको हुँ । अरू धेरै विद्यार्थी अटोग्राफ लिन आए ।
eNaya Patrika
  • ePaper

गायक सत्यराज र अनिताको प्रेम प्रशंग

मैले पहिलोपटक अनितालाई उनकै स्कुलमा देखेको थिएँ । उनी पढ्ने स्कुलमा एउटा कार्यक्रम थियो । कार्यक्रममा म, स्वरूप, सुगम र नलिना गएका थियौँ । अनिता र उनको साथी नाचेका थिए । एकदम राम्रो लागेको थियो । मैले त्यही वेला अनितालाई ‘नोटिस’ गरेको हुँ । कार्यक्रमपछि अरू धेरै विद्यार्थी हामीकहाँ अटोग्राफ लिन आए । अनिता पनि आउँछिन् कि भनेर याद गरिरहेको थिएँ । तर, आइनन् । उनलाई कतै देखिनँ । उनी त्यसवेला कक्षा दशमा पढ्दै थिइन् ।

 

अन्तरजातीय भएकाले उनको परिवारले नस्वीकार्ला कि भन्ने चिन्ता थियो । तर, उनको परिवारको सकारात्मक प्रतिक्रियाले म एकदम खुसी भएँ । यता मेरो घरमा आमाबुवा पनि खुसी  हुनुभयो । प्रस्ताव राखेको करिब ६ महिनापछि हाम्रो बिहे भयो ।

 

त्यसपछि कतै भेट भएन । करिब चार वर्षपछि म थापाथलीको थकाली भान्साघरमा खाना खान गएको थिएँ । संयोगवश उनी पनि साथीहरूसँग त्यहीँ रहिछिन् । मैले देख्नेबित्तिकै चिनिहालेँ । कुराकानी भयो । उनी पनि काम गर्न थालिसकेकी रहिछिन् । उनले कार्ड दिइन् । फोनमा कुराकानी हुन थाल्यो । म फोन गरिरहन्थेँ । त्यसपछिको पहिलो भेटमा मैले उनलाई मेरो गीतहरूको सिडी दिएँ । कहिलेकाहीँ कफी भेट हुन थाल्यो ।

उनले आफूलाई प्रस्तुत गर्ने शैली, स्पष्ट बोल्ने उनको साधारणपन मन प¥यो । भेट हुन थालेको करिब दुई वर्षपछि मैले विवाहको प्रस्ताव राखेँ । उनले आफूले विवाहको बारेमा नसोचेको उत्तर दिएपछि मैले धेरै फकाएँ । अझ भनौँ एक किसिमले कर नै गरेँ ।

त्यसपछि उनले समय मागिन् । एक महिनापछि म उनको घर गएँ । आमाबुवासँग कुरा गरेँ । हामी अन्तरजातीय भएकाले उनको घरमा जानुअघि केही डर थियो । तर, उहाँहरूको सकारात्मक प्रतिक्रियाले म एकदम खुसी भएँ ।

यता मेरो घरमा पनि कुरा भयो । मेरो आमाबुवा पनि खुसी हुनुभयो । मैले विवाहको प्रस्ताव राखेको करिब ६ महिनापछि हामीले विवाह नै ग¥यौँ । हामी दुवैतर्फको परिवार खुसी थियो नै आफन्तहरूले पनि कसैले केही आपत्ति जनाउनुभएन । हामीले सूर्यविनायक मन्दिरमा विवाह गरेका हौँ ।

विवाह भएको पाँच वर्ष भयो । हाम्रो छोरा अहिले तीन वर्षको छ । मैले उनलाई भन्दा मलाई उनले धेरै बुझ्छिन् । मलाई लाग्छ पुरुषमा भन्दा महिलामा मान्छेको भावना बुझ्ने खुबी बढी हुन्छ । म प्रायः व्यस्त नै हुन्छु । मेरो आफ्नै कामकर्तव्य पनि बिर्सिरहेको हुन्छु । उनले मलाई सम्झाइरहेकी हुन्छिन् ।

उनी आफैँ पनि घर–व्यवहार, छोरा, आमाबुवा, आफन्तप्रतिको जिम्मेवारी सम्हाल्न व्यस्त हुन्छिन् । यति धेरै कुरा सम्हाल्नु सामान्य होइन । मेरो गीत, संगीत तथा फिल्मका स्क्रिप्टहरूमा सल्लाह दिन्छिन् ।

उनी आफैँ पनि घर–व्यवहार, छोरा, आमाबुवा, आफन्तप्रतिको जिम्मेवारी सम्हाल्न व्यस्त हुन्छिन् । यति धेरै कुरा सम्हाल्नु सामान्य होइन । मेरो गीत, संगीत तथा फिल्मका स्क्रिप्टहरूमा सल्लाह दिन्छिन् ।

म उनको काममा सहयोग गर्ने फुर्सद नै पाउँदिनँ कहिलेकाहीँ सपिङ जाँदा सामान बोकिदिने र केही कुरामा मौखिक सहयोगबाहेक । वेलावेला मलाई महिलाको जिम्मेवारी र उनीहरूको सहनशक्ति देखेर आश्चर्य लाग्छ । मेरै परिवारमा हुनुभएका आमा, अनिता, बुहारी सबै हामी पुरुषभन्दा बढी आफ्नो जिम्मेवारीलाई व्यवस्थित तरिकाले निभाउनुहुन्छ ।

आजभोलि शनिबार म केही गर्दिनँ । मेरो परिवारका लागि छुट्याउन थालेको छु । कम्तीमा पनि हप्ताको एक दिन परिवारका लागि भनेर शनिबार कार्यक्रम पार्दिनँ । तीन महिना भयो उनले पनि काम गर्न थालेकी छिन् । अब उनी पनि दिउँसोभर आफ्नै अफिसमा व्यस्त हुन्छिन् । हामी खुसी छौँ । म जति खुसी छु, त्यति नै उनी पनि खुसी छिन् जस्तो लाग्छ ।

तपाईको प्रतिक्रिया