प्युठानमा दलहरुबीच विवाद चुलियो, सुरु भएन मतगणना - Naya Patrika
eNaya Patrika
  • ePaper

प्युठानमा दलहरुबीच विवाद चुलियो, सुरु भएन मतगणना

प्युठानमा दलहरुबीचको विवादका कारण  मतगणना सुरु हुन सकेको छैन ।

दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिए तापनि मतदानका दिन २१ मंसिरमा भेटिएका साइन नगरेको मतपत्र मतगणनाका बेला भेटिए के गर्ने भन्ने विषयमा कुरा नमिल्दा सहमति हुन नसकेको हो ।
झिमरुक गाउँपालिका ३ स्थित प्रभात मावि आहाल खोलाको मतदान केन्द्रमा साइन नगरेको मतपत्र भेटिएपछि विवाद भएको थियो । त्यसपछि रोकिएको मतदान बिहीबार राति अबेर सम्पन्न भएको थियो ।
प्यूठानमा एक निर्वाचन क्षेत्र रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु