ताप्लेजुङमा एमालेका योगेश भट्टराईको अग्रता कायमै - Naya Patrika
eNaya Patrika
  • ePaper

ताप्लेजुङमा एमालेका योगेश भट्टराईको अग्रता कायमै

ताप्लेजुङको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा तर्फ एमालेका सचिव योगेशकुमार भट्टराईले सुरु देखि नै अग्रता लिएका छन् । अहिले सम्म उनको अग्रता फराकिलो बन्दै गएको छ ।

एमालेका भट्टराईले ८ हजार ३ मत प्राप्त गर्न गरेका छन् । नेपाली काग्रेसका केशवप्रसाद दाहालले ५ हजार ५ सय ५० मत प्राप्त गरेका छन् ।

यता, प्रदेश सभाका दुबै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ । क्षेत्र नं १ अर्थात क मा एमाले तर्फका उम्मेदवार बलबहादुर साम्सोहाङले ४ हजार २ सय १४ मत प्राप्त गरेका छन् । नेपाली काग्रेसका लिला देवि बोखिमले ३ हजार ३९ मत प्राप्त गरेकी छन् ।

उता, प्रदेश नम्बर ख अर्थात क्षेत्र नं. १ मा नेकपा माओबादी केन्द्रका टंक आङबुहाङले ४ हजार १ सय ५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका दिपेन्द्रकुमार सेन्दाङले २ हजार १ सय १८ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु