मनाङबाट प्रतिनिधि सभामा एमालेका गुरुङ विजयी - Naya Patrika
eNaya Patrika
  • ePaper

मनाङबाट प्रतिनिधि सभामा एमालेका गुरुङ विजयी

 मनाङबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् । उनी २ हजार ३ सय मत ल्याएर विजयी भएका हुन् ।

उनका निकट्तम प्रतिद्धन्दी टेकबहादुर गुरुङले २ हजार २१ मत ल्याए । एमालेका जिल्ला अध्यक्ष समेत रहेका गुरुङ २७९ मत अन्तरले निर्वाचित भएका हुन् । प्रतिनिधि सभामा १६ मत बदर भएको थियो । मनाङमा ५ हजार ८ सय ८१ मतमा ४ हजार ३ सय २१ मत मात्र खसेको थियो ।

प्रदेश सभा १ मा कांग्रेसका चिन्ताबहादुर घलेले ९ सय ९८ मत प्राप्त गरी निर्वाचित भएका छन । उनका प्रतिद्धन्दी धोर्जे डण्डुल घलेले ८ सय ९६ मत प्राप्त गरे । कांग्रेसका चिन्ताबहादुर १०२ मतअन्तरले निर्वाचित भएका हुन् । मनाङमा प्रदेश सभा ‘क’ मा १ हजार ९ सय १ मत खसेको थियो । ७ मत बदर भएको जिल्ला निर्वाचन कार्यलय मनाङले बताएको छ ।

प्रदेश सभा ‘ख’मा दिपक मनाङ्गे अर्थात राजिब गुरुङले १ हजार ४ सय १० मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत प्राप्त गरेका छन् । २ हजार ४ सय ३७ मत खसेकोमा ७ मत वदर भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु