१७ वर्षपछि अनिल र माधुरी सँगै - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

१७ वर्षपछि अनिल र माधुरी सँगै

एक समयको हिट जोडी अनिल कपुर र माधुरी दीक्षित १७ वर्षपछि एकपटक फेरि सँगै अभिनय गर्दै छन् । उनीहरूलाई निर्देशक इन्दर कुमारले ‘टोटल धमाल’ नामक फिल्ममा अभिनय गराउन लागेका हुन् ।

पछिल्लोपटक अनिल र माधुरी सन् २०००मा ‘पुकार’ फिल्ममा सँगै देखिएका थिए । त्यसअघि उनीहरूले ‘बेटा’, ‘परिन्दा’, ‘तेजाब’ र ‘राम और लखन’मा सँगै अभिनय गरेका थिए । ती सबै फिल्म सुपरहिट भएका थिए । लामो समयपछि अनिलसँग अभिनय गर्न पाउँदा खुसी लागेको माधुरीले बताएकी छिन् ।

धमाल सिरिजको टोटल धमाल कमेडी फिल्म हो । फिल्ममा अनिल र माधुरीका साथ अजय देवगण, रितेश देशमुख, अरशद वारसी र जावेद जाफरी मुख्य भूमिकामा रहने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया