कुर्सीमै व्यायाम - Naya Patrika
eNaya Patrika
  • ePaper

कुर्सीमै व्यायाम

दिनभर कुर्सीमा बसेर काम गर्ने बानीले मानिसलाई विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ, जस्तै– गर्दन, कम्मर, ढाड दुख्ने समस्या । कुर्सीमा एकै तरिकाले बस्नुपर्ने भएकाले पनि यस्ता समस्या सिर्जना हुने गर्दछ । तर, छोटो समय छुट्याएर कुर्सीमै व्यायाम पनि गर्न सकिन्छ । यसरी गर्नुहोस्, कुर्सीमा बसीबसी व्यायाम :

-कुर्सीमा सीधा तरिकाले बस्नुहोस् र दुवै हातलाई सीधा गरी अगाडितिर फैलाउनुहोस् । त्यसरी नै टाउकोमाथिसम्म पु¥याउनुहोस् । अनि बिस्तारै तल झार्नुहोस् । यसरी ८–१० पटकसम्म व्यायाम गर्दा काँधदुखाइ कम हुन्छ ।

-कुर्सीमा सीधा बस्नुहोस् र दुवै खुट्टा अगाडि फैलाउनुस् । त्यसपछि बिस्तारै झुकेर हातले खुट्टाको औँला छुने प्रयास गर्नुहोस् । कम्तीमा ३० सेकेन्ड यसरी नै रहने प्रयास गर्नुपर्दछ । यस्तो क्रियाकलाप ५–६ पटक गर्दा कम्मर दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

-यस प्रकारको व्यायाम गर्दा पनि कुर्सीमा सीधा बस्नुपर्दछ । आफ्नो घुँडामा दुवै हात राख्नुहोस् । अब गर्दनलाई पछाडि लैजाने प्रयास गर्नुस् र छाती फुलाउनुस् । त्यसपछि गर्दनलाई जतिसक्दो दायाँपट्टि घुमाउनुस् । फेरि त्यसरी नै देब्रेपट्टि पनि घुमाउनुस् । अनि टाउको झुकाएर छातीसम्म पु¥याउनुस् र लामो सास लिएर छाड्नुस् । यस्तो कार्य आठदेखि १० पटकसम्म गरेमा गर्दन दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

-दुवै हातको औँला एक–आपसमा घुसाउनुहोस् । त्यसपछि टाउकोमाथिसम्म पु¥याउनुहोस् । त्यसपछि हातलाई सकेसम्म माथितिर खिच्नुहोस् अनि गहिरो सास लिनुस् । त्यसपछि थोरै दाहिने र देब्रेपट्टि पालैपालो झुक्नुहोस् । यस्तो प्रक्रिया ८ देखि १० पटकसम्म गर्दा मानसिक तनाव कम हुन्छ ।

तपाईको प्रतिक्रिया