‘हिमालको काखमा’ उत्कृष्ट म्युजिक भिडियो - Naya Patrika
eNaya Patrika
  • ePaper

‘हिमालको काखमा’ उत्कृष्ट म्युजिक भिडियो

युएईमा म्युजिकल अवार्ड – कृष्णकुमार गुरुङको ‘हिमालको काखमा’ बोलको गीतले युएईमा नेपाली म्युजिकल अवार्ड जितेको छ । गुरुङको शब्द र संगीत तथा राजेशपायल राईको स्वर रहेको गीतले उत्कृष्ट म्युजिक भिडियो अवार्ड जितेको हो ।

शुक्रबार युएईमा भएको दोस्रो नेपाली म्युजिकल अवार्डमा गीतको भिडियोका छायांकार प्रकाश गुरुङले उत्कृष्ट सिनेमाटोग्राफर अवार्ड जिते । यो गीत भलिबल खेलाडी सिपोरा गुरुङ अभिनीत फिल्म ‘यम्फावती द प्रिन्सेस’मा समावेश छ ।

कार्यक्रममा विभिन्न २२ विधामा अवार्ड वितरण गरिएको छ । १७ अवार्ड उत्कृष्ट गीतहरूका लागि दिइयो भने पाँच अवार्ड वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका नेपाली कलाकारलाई प्रदान गरियो ।

कार्यक्रममा प्रश्ना शाक्य उत्कृष्ट महिला गायन, दीपक बज्राचार्य उत्कृष्ट पुरुष गायन, एञ्जिला रेग्मी उत्कृष्ट पप महिला गायन, दीपक पिया उत्कृष्ट शब्द-रचना, सचिन सिंह उत्कृष्ट संगीत, किशोर थापा उत्कृष्ट रेकर्डिस्ट, महराज थापा उत्कृष्ट व्यवस्थापन तथा उजेली श्रेष्ठ उत्कृष्ट लोकदोहोरीतर्फको अवार्ड जित्न सफल रहे ।

यसैगरी, श्रीधर पौडेल उत्कृष्ट भिडियो निर्देशन, प्रवीण श्रेष्ठ उत्कृष्ट भिडियो सम्पादन, विवेकसिंह ठकुरी उत्कृष्ट पुरुष अभिनय, नम्रता सापकोटा उत्कृष्ट महिला अभिनय र शंकर बिसीले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड हात पारेको कार्यक्रमका जुरी टिमका सदस्य तारा थापा ‘किम्भे’ले जानकारी दिए ।

नमस्ते ट्राभल्स र संगिक्षा फिल्म प्रालिले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नायिका निरुता सिंहले गीत गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । त्यस्तै, हास्यकलाकार जितु नेपाल, गायक लोकनाथ सापकोटा, सुसान लिम्बूलगायतले प्रस्तुति दिएका थिए ।

तपाईको प्रतिक्रिया