जब बमझैँ पड्कियो कोकाकोलाको बोतल - Naya Patrika
eNaya Patrika
  • ePaper

जब बमझैँ पड्कियो कोकाकोलाको बोतल

अस्ट्रेलियामा एक लाइभ टेलिभिजन सोमा कोकाकोलाको बोतल पड्किएर तीनजनाको हालत झन्डै खराब भएन ।

लाइभ टेलिकास्टका क्रममा एक साइन्स एक्सपर्टले कोकाकोलाको बोतल प्रयोग गरेर केही अनुसन्धान गरिरहेका थिए । तर, अनुसन्धानकै क्रममा बोतल पड्किँदा कार्यक्रम सञ्चालकसहित तीनजनाको ज्यान झन्डै खतरामा पर्‍यो । साइन्स एक्स्पर्ट ज्याकोब स्ट्रिकलिङले लिक्विड नाइट्रोजन भरेर नताशा बेलिङलाई बोतल उल्ट्याउन भनेका थिए ।

तर, त्यति नै वेला बोतल फुट्यो । विस्फोटका साथ बोतल रकेटझैँ उँड्यो । आउटडोर लाइभकास्ट भएकाले बोतल रूखको डालीमा गएर ठोक्कियो । सानो डाली नै उँड्यो । विस्फोट भएर बोतल उछिट्टिँदा कार्यक्रम सञ्चालक नताशाको अनुहार केही इन्चले मात्रै जोगिएको थियो ।

तपाईको प्रतिक्रिया