बार्सिलोना नकआउट चरणमा - Naya Patrika
eNaya Patrika
  • ePaper

बार्सिलोना नकआउट चरणमा

स्पेनिस लिग लिडर बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको नकआट चरणमा प्रवेश गरेको छ । बार्सिलोनाले रियल मुर्सियामाथि समग्रमा ८–० को नतिजा निकाल्दै सहज रूपमा नकआउट चरणमा स्थान बनायो ।

बार्सिलोनाले बुधबार भएको दोस्रो लेगमा मुर्सियालाई ५–० ले पराजित गरेको थियो । जारी सिजन स्पेनिस लिगमा एकल अग्रता लिइरहेको बार्सिलोना कोपा डेल रेमा पनि आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिन सफल भयो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाका लागि फ्रान्सिस्को, जेरार्ड पिके, एलिक्स भिडाल, डेनिस स्वअरेज र जोसे अर्नेइजले एक–एक गोल गरे । बार्सिलोनाले मुर्सियाको घरेलु मैदानमा यसअघि भएको पहिलो लेगमा ३–० को जित निकालेको थियो ।

अधिकांश खेलाडीलाई विश्राम
पहिलो लेगमा नै ३ गोलको अग्रता बनाएको बार्सिलोनाले मुर्सियाविरुद्धको दोस्रो लेगमा पहिलो रोजाइका अधिकांश खेलाडीलाई आराम दिएको थियो । लियोनेल मेसी, लुइस सुअरेज, इनिस्टा, पाहुलिन्होलगायतलाई विश्राम दिएको थियो ।

तपाईको प्रतिक्रिया