अन्तर्राष्ट्रिय बी–ब्वाई प्रतिस्पर्धामा नेपाली युवा - Naya Patrika
eNaya Patrika
  • ePaper

अन्तर्राष्ट्रिय बी–ब्वाई प्रतिस्पर्धामा नेपाली युवा

द सोल्मेट्ज क्रिउका प्रिन्स तुलाचन ‘कानेकी’ ताइवानमा हुने अन्तर्राष्ट्रिय बी–ब्वाई प्रतिस्पर्धामा सहभागी हुँदै छन् । ‘अन्डिसप्युटेड ताइपेई बी–ब्वाई सिटी २०१७ वल्र्ड’ फाइनलमा प्रतिस्पर्धा गर्न कानेकी नेपालको प्रतिनिधित्व गर्दै विश्वका उत्कृष्ट १५ युवाबीच प्रतिस्पर्धामा उत्रिनेछन् ।

प्रतियोगितामा जानका लागि कानेकीले काठमाडौंमा भएको ‘बी–ब्वाई सिटी २०१७’ एकल प्रतियोगितामा जितेका थिए ।

अन्डिसप्युटेड ताइपेई बी–ब्वाई सिटी २०१७ वल्र्ड प्रतियोगितामा जाने उनी नै पहिलो नेपाली हिपहप ब्वाई हुन् । यो प्रतियोगिता जितेमा उनी अमेरिकामा हुने अर्को वल्र्ड फाईनलमा सहभागी हुन पाउनेछन् । यो प्रतियोगिता उत्कृष्टमध्येबाट पनि उत्कृष्ट छान्ने प्रतियोगिता हो । प्रतियोगितमा विश्वभरबाट विश्वस्तरीय प्रतियोगिता विजेता सहभागी हुनेछन् ।

यसैगरी, युथ ओलम्पिक्स गेम्स एसिया/ओसियाना अन्डर १८ मा भाग लिन ती बी–ब्वाइज जाने भएका छन् । एभरेस्ट क्रिउ काठमाडौंका श्याम महर्जन ‘ट्रिकी ट्रिक्स’, द सोल्मेट्ज क्रिउ पोखराका कृतज्ञविक्रम राणा ‘आइमन’ र सञ्जय गुरुङले ‘एन एम’ एसियाभरका बी–ब्वाइजसँग ब्याटल गर्नेछन् । उक्त ब्याटल जित्न सफल भएमा उनीहरू ओलम्पिक्स वल्र्डको फाइनलमा जानेछन् । भिडियो छनोटबाट उनीहरूले सो प्रतियोगितामा जाने अवसर पाएका हुन् । छनोट भएमा जापानमा हुने ‘स्टेज थ्री’ प्रतियोगितामा पनि उनीहरूले भाग लिन पाउनेछन् । त्यसैगरी, स्टेज थ्रीमा पनि विजेता भएमा आम्सटर्डम युथ ओलम्पिक्सको वल्र्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् ।

यी दुवै प्रतियोगिता ताइवानमा एकसाथ हुनेछन् । २ डिसेम्बरमा सुरु हुने प्रतियोगिताका लागि नेपाली बी–ब्वाइज ३० नोभेम्बरमै ताइवान जानेछन् । प्रतियोगिता दुई दिन चल्नेछ ।

तपाईको प्रतिक्रिया