निर्वाचनकाे ३ दिनपछि मतपेटिका सदरमुकाममा - Naya Patrika
eNaya Patrika
  • ePaper

निर्वाचनकाे ३ दिनपछि मतपेटिका सदरमुकाममा

जाजरकोटमा मतदान सकिएको तीन दिनपछि सबै मतपेटिका सदरमुकाममा ल्याइएको छ । भौगोलिक विकटता र सडक सन्जालको अभाव भएका कारण जिल्लाका एक सय १६ मतदान केन्द्रबाट सबै मत पेटिका मंगलवार साँझ सदरमुकाम खलंगा पुर्याइएको हो ।

जिल्लाका ८५ वटै मतदान स्थलका सबै मतदान केन्द्रबाट मतपेटिका लिएर सुरक्षाकर्मी र कर्मचारीहरु १० गते साँझ नै हिडेपनि पैदल यात्रा गर्नु परेका कारण सदरमुकाममा पुग्न ढिलो भएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए । धेरै टाढाको दुरीमा मतदान केन्द्रहरु भएकोले एक ठाउँमा संकलन गरेर सदरमुकामतिर हिंडाउन लाग्दा ढिलो गरी सदरमुकामा मतपेटिकाहरु संकलन भएको गिरीले बताए।

उनका अनुसार, सबैभन्दा पहिले भेरी नगरपालिकाका मतपेटिका खलंगा पुर्याइएको थियो । भने सबभन्दा ढिलो बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका मतपेटिका आज साझ मात्रै सदरमुकाम ल्याइपुर्याइएको छ ।

फाइल फाेटाे

सदरमुकाम खलंगामा ल्याइएका एक सय १६ मतदान केन्द्रका ३सय ४८ वटा मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालत र भेरी नगरपालिका ३ ठाँटीवजार स्थित वृद्धाश्रमको हलमा राखिएको छ ।

मतपेटिका राखिएको स्थान नजिकै विभिन्न दलका नेता कार्यकर्ताहरु पनि कुरेर बसेका छन् । सुरक्षा घेरा भित्र रहेका मतपेटिकाको निगारानी गर्नका लागि वाम गठवन्धन र कांग्रेसका नेता, कार्यकर्ताहरुले जिम्मा लिएका छन् । पालो पालो दलका नेता तथा कार्यकर्ताहरुले मतपेटिका रहेको ठाउँमा बस्न थालेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको क्षेत्रमा रमाइलो वातावरण बनेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, प्रत्यक्ष तर्फका सबै मतपेटिकाह जिल्ला अदालत र समानुपातिकतर्फका मतपेटिका वृद्धाश्रमको हलमा राखिएको छ । दोस्रो चरणको निर्वाचन सकिएपछि मात्र मतगणना हुने भएकाले मतपेटिकाहरु मंसिर २१ गते सम्म नेपाली सेना र शसस्त्र प्रहरीको कडा सुरक्षा घेरामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु