मोरङमा लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट - Naya Patrika
eNaya Patrika
  • ePaper

मोरङमा लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट

मोरङ ६ नम्बर क्षेत्रका वाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार लालबाबु पण्डित र प्रदेश सभा (क) का उम्मेदवार जीवन आर्चायलाई लक्षित गरेर विस्फोट गराएको प्रहारबाट जोगिन सफल भएका छन् ।

चुनाव प्रचारप्रसारका लागि ६ नम्बर क्षेत्रको प्रदेश सभा क मा पर्ने ६ नम्बर वडास्थित डंग्राहा जाने क्रममा आज मंगलबार बिहान राजमार्गमा राखेर बिस्फोट गराएको सुतली बमको प्रहारबाट जोगिन सफल भएका हुन ।

चुनावी सभालार्इ सम्बाेधन गर्न जानेक्रममा डंग्राहातर्फ जादै गरेको समयमा बुढीगंगा ५ स्थित मनमोहन पोलिटेक्निक कलेज नजिकै नहरको डिलमा राखेको सुतली बम मंगलबार बिहान साढे आठ बजेतिर बिस्फोट भएको थियो । उम्मेदवार पण्डित र आर्चाय सवार जिपको१० मिटर अगाडि उक्त बम विस्फोट भएकोले कुनै मानवीय क्षति हुन नपाएको उम्मेदवार पण्डितका स्वकीय सचिव बसिम आलमले बताए ।

मोरङका एसपी अरुण बिसीले अज्ञात समूहले लक्षित गरेर नहरमा राखेर सुतली बम बिस्फोट गराएको तर, उम्मेदवारहरु सुरक्षित रहेको बताए । उनले भने, ‘अबस्था समान्य छ, उहाँहरु प्रहरीसँगै आफनो चुनावी प्रचार अभियानमा सरिक भइरहनु भएको छ ।’

सोमबार दिउँसो पनि बिराटनगर कञ्चनबारी स्थित एयरपोर्ट मोड नजिकै सुतली बम फेला परेको थियो । यसैगरि इलाका प्रहरी बेलबारीले केरावारी गाउँपाकिला स्थित जंगलबाट ६ थान सकेट बम गोप्य सुचनाका आधारमा मगलबार नै बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु