(UPDATE) – तारा एअरको विमान दुर्घटनामा गम्भीर घाइते प्रहरी नेपालगन्ज लगियो - Naya Patrika
eNaya Patrika
  • ePaper

(UPDATE) – तारा एअरको विमान दुर्घटनामा गम्भीर घाइते प्रहरी नेपालगन्ज लगियो

दुर्घटनाग्रस्त तारा एयरमा सवार गम्भीर घाइते प्रहरी सहायक निरीक्षक यमबहादुर दाहाललाई नेपालगन्ज रिफर गरिएको छ ।

टाउकोमा गम्भीर चोट लागेका सहायक निरीक्षक दाहाललाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगन्ज लगिएको हो ।

तारा एयरको ९ एनएबिएम कलसाइनको ट्वीनअटर विमान हुम्लाको सिमकोट विमानस्थलमा आज बिहान उठान भर्ने बित्तिकै दुर्घटनामा परेको थियो ।

विमानमा चालकदलका तीनजना र १३ जना सुरक्षाकर्मी थिए । उनीहरूमध्ये चालकदलका सदस्यहरू क्याप्टेन अमृत गुरुङ र वसन्त लामा तथा परिचारिका श्रेया श्रेष्ठ सामान्य घाइते भएका छन् ।

यस्तै, प्रहरी जवानहरू हस्तबहादुर सिंह र किशोर ऐरी पनि सामान्य घाइते भएका छन् । उनीहरू सबैको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

निर्वाचनमा खटिएका सुरक्षाकर्मी लिएर सिमकोटबाट नेपालगन्जका लागि उडेको विमान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको हो । विमानस्थलबाट करिब एक सयमिटरको दूरीमा ट्वीनअटर खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु